आज हङकङमा ७५६९ जना संक्रमित र १४९ जनाको मृत्यु संगै १,२५३ जना निको भएर घर फर्के


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ २९ मार्च २०२२

हङकङमा कोरोना संक्रमितको संख्या लगातार चौथोदिन पनी चार अंक अर्थात दश हजार बाट तल झरेकोछ।आज ७,५९६ कोभिड-१९ का केसहरू छन जसमा न्यूक्लिक एसिड परीक्षणबाट ३,१६४ र  घरमै चेक गरेर अर्थाक र्यापिट एन्टिजेन टेष्टबाट  ४,४३२ जनामा ​​संक्रमण Rapid Antigen Test (RAT) अनलाइन मार्फत पुष्टि भएका केसहरू रहेका छन। पाँचौं लहरमा हालसम्म १,१३१,१५७ जना संक्रमित भएका छन् । आज २ जना आयातित केसहरू रहेका छन। तीमध्ये २ जना QR818 उडानमा हङकङ आइपुगेका थिए।

आज घोषणा गरिएका केसहरुमा ३ हजार १६४ पुष्टि भएका मध्ये ४९५ अस्पताल प्राधिकरणबाट, ५ सय ३२ स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी २ हजार १३७ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका छन् । परीक्षण गरिएका १००८ मामिलाहरूमध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन। ओमिक्रोन भेरियन्टमा ९७० केसहरू समावेश थिए भने कम भाइरल लोडका कारण करिब ३८ केसहरू पत्ता लगाउन सकिएन।

पाँचौं लहरको शुरुवातदेखि कुल ७३५८ बिरामीहरूको मृत्यु भएको छ र कुल १४९ नयाँ मृत्यु रिपोर्ट गरिएको छ।

अस्पताल प्राधिकरणका डा सारा होले अझै १० हजार ९०५ बिरामी अस्पतालमा भर्ना भइरहेको बताए । हालसम्म २६ जना बिरामीको अवस्था गम्भीर रहेको र तीमध्ये ५० जनाको अवस्था गम्भीर रहेको छ । अती गम्भीर अवस्थामा रहेका ९७ बिरामीको अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २५३ जना निको भएका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा २० भन्दा बढी बिरामीको परीक्षण पोजेटिभ देखिएको छ भने २० भन्दा बढी नजिकका सम्पर्कहरूलाई क्वारेन्टाइनमा राख्नुपर्ने थियो।

यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २० हजार ९६१ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमध्ये १७ हजार ९७४ निको भएर काममा फर्किएका छन।


Translate »