हङकङमा आज २४९ जनाको मृत्यु संगै २६,९०८ कोभिड संक्रमित ३७५ जना निको भए


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ १४ मार्च २०२२

कोरोना कहरको पाचौ लहरले हङकङको जनजिवन अस्तव्यस्त जस्तै बनाईरहेको छ। बजारमा महंगिले आकास छुनै आटेको छ भने बिभिन्न क्षेत्रको काम बन्दहुदा र कोरोना संक्रमण बड्दा बेरोजगार हुनेको संख्यामा पनी उल्लेख्य बृद्धि भएको छ।

आज पनी हङकङमा २४९ जनाको मृत्यु भएको छ भने २६ हजार ९०८ जनामा कोरोना संक्रमित थपिएका छन जसमा र्यापिड एन्टिजेन टेष्टमा पोजेटिभ रिपोर्ट गरेर सरकारी निकायमा दर्ता गर्नेको संख्या भने १४,८६८ जना रहेका छन। हङकङमा अहिलेसम्मको तथ्यांक अनुसार ७३०, हजारजना भन्दा बढिमा कोरोना संक्रमण भैसकेको छ।

नयाँ पुष्टि भएका मध्ये १ हजार ५४५ अस्पताल प्राधिकरणबाट, २ हजार ११३ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी ८ हजार ३ सय ८२ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका छन् । परीक्षण गरिएका २११३ केसहरू मध्ये, त्यहाँ डेल्टा भेरियन्ट समावेश भएको एउटा मात्र केस थियो। ४३६ केसहरूमा ओमिक्रोन भेरियन्ट समावेश थियो जबकि १६७६ केसहरू अझै परीक्षण भइरहेका छन् वा कम भाइरल लोडका कारण पत्ता लगाउन सकिएका छैनन।

हालसम्म रेकर्ड गरिएको कुल मृत्यु ४२७९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २४९ सहित थप २८६ जनाको मृत्यु भएको छ । मृत्यु भएका बिरामीहरू ११ महिनादेखि ११२ वर्षसम्मका थिए।

अस्पताल प्राधिकरणका डा लाउ काहिनले अहिलेसम्म ९ हजार ९०५ बिरामी अस्पतालमा भर्ना भइरहेको बताए । हालसम्म ९१ जना बिरामीको अवस्था अति गम्भीर रहेको र तीमध्ये ११२ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका १०४ बिरामीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा २४९ बिरामीको मृत्यु भएको छ । तिनीहरू ३९ देखि १०५ वर्षका १५१ पुरुष र ९८ महिलाहरू थिए। तिनीहरूमध्ये १३४ आवासीय हेरचाह गृहका थिए। जसमध्ये १६५ जनालाई खोप लगाइएको छैन । तीमध्ये ४ जनालाई ३ डोज, ३९ जनालाई २ वटा खोप लगाइएको थियो भने ४१ जनालाई एउटा मात्रै खोप लगाइएको थियो ।

साथै, डा. लाउले गत महिनाको २७ तारिखदेखि मार्च १२ सम्मको अवधिमा ६४ देखि १०६ वर्ष उमेरका २२ पुरुष र १५ जना महिलासहित जम्मा ३७ जना ढिलो रिपोर्ट गरिएका मृत्यु भएको घोषणा गरे।

पछिल्लो २४ घण्टामा ३७५ जना निको भएका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा ४० जनाभन्दा बढी बिरामीमा पोजेटिभ देखिएको छ भने ५० भन्दा बढी नजिकका सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच अस्पताल प्राधिकरण अन्तर्गतका १५ हजार २२७ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमध्ये ६ हजार ९४८ निको भएर काममा फर्किएका छन्

अस्पताल प्राधिकरणले ७० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा, ५ वर्ष मुनिका बालबालिका र कमजोर प्रतिरक्षा भएका व्यक्तिहरू लगायत उच्च जोखिममा रहेका बिरामीहरूका लागि विशेष हेरचाह अपोइन्टमेन्टको लागि हटलाइनको व्यवस्था गर्नेछ जसको कारणले उनिहरुलाई गम्भिर रुपमा बिरामी भएर उपचार नपाउनबाट बन्चित हुन नपरोस।


Translate »