नारायण भण्डारी हङकङ १६ मार्च २०२२
हङकङमा कोरोनाको पाचौ लहर आक्रामक रुपमा अघि बढिरहेको छ र दैनिक रुपमा २ सय माथी संक्रमीतको मृत्यु हुन थालेको छ। यसरी नै प्रचेक दिन संक्रमितको संख्या पनी बढिरहेको छ।
अहिले हङकङमा एनिहाउ कोरोना भगाउ र एनिहाउ कोरोनाको खोप लगाउ भन्ने उखान प्रयोगमा ल्याईएको छ। पछिल्लो २४ घन्टामा कोरोनाका कारणले हङकङमा २१७ जनाको मृत्यु भएको छ भने २९,२७२ जनामा कोरोना संक्मण भएको छ।
घरमै कोरोना जाच गर्ने प्रविधिका कारण अर्थात र्यापिड एन्टिजेन टेस्टमा चेक गरेका संक्रमितहरुको संख्या पनी दैनिक बढ्दै गैरहेका छन। यसरी नै बिगत २४ घन्टामा १४,८१८ जनासे दर्ता गराएका छन। कुल संख्यामध्ये ११ जना आयातित केसरहेका छन भने बाकि सबै स्थानिय संक्रमित रहेका छन।११ जना सिंगापुर, थाईल्याण्ड र ईन्डोनेसिया बाट आएका यात्रुहरु रहेका छन।
सीएचपीका नियन्त्रक डा. एडविन सुईले फेब्रुअरी १७ देखि २ र ३ मार्चसम्म कोभिड–१९ का केस ७० हजार पुगेको र पछिल्ला ७ दिनमा ३० हजारको स्तरमा झरेको बताए। ५०% केसहरू न्यूक्लिक एसिड परीक्षण मार्फत पुष्टि भएका थिए र बाँकी ५०% RAT मार्फत पुष्टि भएका छन।
नयाँ पुष्टि भएका मध्ये २ हजार ९०६ जना अस्पताल प्राधिकरणबाट, १ हजार ६ सय २३ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी ९ हजार ९२५ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष पुष्टि भएका छन् । परीक्षण गरिएका १,६२३ मामिलाहरूमध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन। १८९ केसहरू ओमिक्रोन भेरियन्टमा समावेश थिए जबकि लगभग १४०० केसहरू अझै परीक्षण भइरहेको वा कम भाइरल लोडको कारण पत्ता लगाउन सकिएको छैन।
१० हजार ३ सय ६८ बिरामी अझै अस्पतालमा भर्ना भईरहेको अस्पताल प्राधिकरणका डा लाउ का हिनले बताए । हालसम्म ८१ जना बिरामीको अवस्था अति गम्भीर रहेको र तीमध्ये १३८ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका ११९ बिरामीको अहिले सघन उपचार (ICU) कक्षमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा २१७ बिरामीको मृत्यु भएको छ । तिनीहरू ३५ देखि १०५ वर्षका १२४ पुरुष र ३९ महिला थिए। तिनीहरूमध्ये १२५ आवासीय हेरचाह गृहका थिए। ती मध्ये १५१ जनालाई खोप लगाइएको थिएन। तीमध्ये ४ जनालाई ३ डोज खोप लगाइएको थियो भने २१ जनालाई २ वटा खोप लगाइएको थियो भने ४१ जनालाई एउटा मात्रै खोप लगाइएको थियो ।
पछिल्लो २४ घण्टामा १ हजार ५८ जना निको भएका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा ४० जनाभन्दा बढी बिरामीमा पोजेटिभ देखिएको छ भने ४० नजिकका सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राखिएको छ ।
यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका १८ हजार ११८ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमध्ये ८ हजार ६ सय २९ निको भएर काममा फर्किएका छन ।
कोरोना बाट बचौ र बचाउ यसको सबैभन्दा उत्तम उपाय भनेकै माक्स र सामाजिक दुरी रहेको छ साथमा कोरोना बिरुद्धको खोप अनिवार्य रुपमा लगाउनुहोला।