६०० जना संक्रमित १७ जनाको मृत्यु ५९७ जना निको भए QR कोड ६ महिना मात्र भ्यालिड हुने


  1. 5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ १९ अप्रिल २०२२

हङकङमा कोरोना संक्रमण र मृत्युदर दैनिक रुपमा ओरालो लाग्दै गएको छ भने य्वास्थ्यलाभ गर्नेहरुको संख्या पनी राम्रै रहेकोछ।

हङकङमा आज ६०० कोभिड-१९ केसहरू छन जसमा ३२० न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका छन् र २८० केसहरू Rapid Antigen Test (RAT) अनलाइन मार्फत पुष्टि भयो। पाँचौं लहरमा हालसम्म कुल १,१८६,४०७ जना संक्रमित भएका छन। आज ११ केस आयातित रह्का छन। उनीहरुमध्ये पाँच जनाको विमानस्थलमा न्यूक्लिक एसिड परीक्षण गर्दा पोजेटिभ देखिएको र उनीहरु क्रमशः सिंगापुर, अष्ट्रेलिया, युके जर्मनी र थाइल्याण्डबाट आएका हुन् ।

यसैबीच, सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक एडविन सुई लोक–किनले आजबाट ६५ वटा विद्यालयले आमनेसामने कक्षा सञ्चालन गरेको बताए । एक इन्टरनेशनल स्कुलका एक शिक्षक र १२ विद्यार्थी यसअघि संक्रमित भएपछि आज बिहान कक्षामा उपस्थित भएनन। आज बिहान र्‍यापिड एन्टिजेन टेस्टिङका ​​क्रममा २ फरक विद्यालयका २ विद्यार्थी पोजिटिभ देखिए र उनीहरूलाई कक्षामा उपस्थित हुन दिइएन। कोभिड–१९ निको भएका बिरामीका लागि आज नयाँ क्यूआर कोड सार्वजनिक गरिएको र त्यसलाई सर्वसाधारणले सम्बन्धित वेबसाइट (www.evt.gov.hk) मार्फत प्राप्त गर्न सक्ने उनले बताए। QR कोड ६ महिनाको अवधिको लागि मात्र रहनेछ र QR कोडको बाहिरी फ्रेम यसको म्याद सकिएपछि रातो हुनेछ।

आज भर्खरै ३२० जनामा ​​पुष्टि भएका मध्ये ७३ जना अस्पताल प्राधिकरणबाट, ५६ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी १९१ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका छन।

पाँचौं लहरको शुरुवातबाट कुल ८,९६३ बिरामीको मृत्यु भइसकेको छ भने कुल १७ नयाँ मृत्यु भएको स्वास्थ्य प्राधिकरणले जनाएको छ ।

अस्पताल प्राधिकरणका डा सारा हो अझै ८ हजार ४३८ भन्दा बढी बिरामी अस्पतालमा भर्ना भईरहेको बताइन् । हालसम्म ४ जना बिरामीको अवस्था गम्भीर रहेको छ भने २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका ५० जना बिरामीको अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सरकारी अस्पतालमा आज बिहान १२ बजेसम्म पछिल्लो २४ घण्टामा १७ बिरामीको मृत्यु भएको छ । बिरामीहरूमा 33 देखि 97 वर्षका 8 पुरुष र ८ महिलाहरू छन्। तिनीहरूमध्ये ४ आवासीय हेरचाह गृहका थिए।

पछिल्लो २४ घण्टामा ५ सय ९७ जना निको भएका छन् । यसैबीच, भर्ना परीक्षणका क्रममा ३ जना बिरामीको परीक्षण पोजेटिभ देखिएको छ भने निकट सम्पर्क भएका ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २१ हजार ९१५ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमध्ये २० हजार ९१६ निको भएर काममा फर्किएका छन् ।


Translate »