नारायण भण्डारी हङकङ २० अप्रिल २०२२
हङकङमा केहि दिनदेखी क्रमस ओरालो लागेको कोरोना आज फेरी अचानक ६८ जनाका साथ उकालो लागेको छ भने मृतकको संख्या ओरालो नै लागिरहेको छ।
हङकङमा आज ६६८ कोभिड-१९ मामिलाहरू छन् जसमा ३३० जना न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका छन भने ३३८ केसहरू Rapid Antigen Test (RAT) अनलाइन घोषणा प्लेटफर्म मार्फत पुष्टि भएका छन। पाँचौं लहरमा हालसम्म कुल १,१८०७,०७५ जना संक्रमित भएका छन् ।
आज १३ वटा आयातित केसहरु रहेका छन। जसमध्ये २ जना भारतबाट र १ जना पाकिस्तानबाट आएका थिए ।
आज नयाँ पुष्टि भएका ३३० जनामध्ये अस्पताल प्राधिकरणबाट ९३, स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट ६४ र बाँकी १७३ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष पुष्टि भएका छन् ।
परीक्षण गरिएका २०६ मामिलाहरूमध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन। ओमिक्रोन भेरियन्टमा १९९ केसहरू थिए भने कम भाइरल लोडका कारण करिब ७ केसहरू पत्ता लगाउन सकिएन।
पाँचौं लहरको शुरुवातबाट कुल ८,९७३ बिरामीको मृत्यु भइसकेको छ भने कुल १० जनाको मृत्यु भएको स्वास्थ्य प्राधिकरणले जनाएको छ । ११ महिना देखि ११२ वर्ष बीचका मृतक बिरामीहरू रहेका छन।
अस्पताल प्राधिकरणका डा सारा होले २ हजार ८२९ भन्दा बढी बिरामी अझै अस्पतालमा भर्ना भईरहेको बताए । हालसम्म ३ जना बिरामीको अवस्था गम्भीर रहेको छ भने ७ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका ४४ जना बिरामीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
सरकारी अस्पतालमा आज बिहान १२ बजेसम्म पछिल्लो २४ घण्टामा १० बिरामीको मृत्यु भएको छ । बिरामीहरूमा ५७ देखि १०० वर्षका ६ पुरुष र ४ जना महिला रहेका छन।
पछिल्लो २४ घण्टामा ८ सय ७३ जना निको भएका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा ७ जना बिरामीमा पोजेटिभ देखिएको छ भने निकट सम्पर्क भएका १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २१ हजार ९६० कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । तीमध्ये २१ हजार २८ जना निको भएर काममा फर्किएका छन् ।