नारायण भण्डारी हङकङ १८ जुलाई २०२२
हङकङमा कोरोना रोकथामका लागि अहिले खोपले नै रोग रोकथाम गर्ने जस्तै भैसकेको छ। रोगहरूको वैज्ञानिक समितिका अध्यक्ष प्रोफेसर लाउ यु-लुङले आज १८ तारिखका दिन एक रेडियो कार्यक्रममा भने कि संयुक्त वैज्ञानिक समितिले अर्को महिना ३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाउने विषयमा छलफल गर्नेछ।
औषधि कम्पनीहरूले तथ्याङ्क बुझाउनुपर्नेछ र त्यो रिपोर्ट अनुसार अर्को समितिले आपतकालीन प्रयोग र अन्य प्रक्रियाहरूको लागि अनुमोदन गरेपछि सम्बन्धित साना बालबालिकालाई पहिलो खोप सेप्टेम्बरमा दिइनेछ, र दोस्रो डोज भने अक्टोवरमा सुई दिइनेछ।
लाउले ६ महिनादेखि ३ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सकिने भए ३ शट लगाउनुपर्ने र तेस्रो शटको समय महामारीको विकासका आधारमा तय गरिने बताए । उनले हङकङमा प्रयोग गरिएका दुईवटा खोप सिनोभ्याक र कमिर्नाटी सुरक्षित रहेको बताए । उनले “बृद्ध, गर्भवती महिला र बालबालिका” लाई सटीक खोप प्रवर्द्धन गर्न लक्षित गरिनुपर्नेमा जोड दिए। अहिले ० देखि ६ महिनासम्मका बालबालिकालाई खोप लगाउन पाइँदैन । खोप पाएका गर्भवती महिलाहरूले प्रभावकारी रूपमा आफ्ना बच्चाहरूलाई बचाउन सक्छन भनेर भनेका छन।
औषतमा वालवालिकामा रोग प्रतीरोधात्मक क्षमता बढिनै हुन्छ त्यसैले यतिसारो हतार गर्दै खोप नै सबैथोक हो जसरी सरकारले सानै कलिला नानीबाबुहरुलाई पनी खोप लगाउन हतार गर्नु कति सम्म जायज छ र प्रभावकारी छ भन्ने प्रस्न भने मेरो मनमा खेलिरहेको छ।