हाल सम्म हङकङका १५% नागरीक कोरोना संक्रमण भएका छन र मार्चको मध्यसम्म संक्रमणको दर उच्च हुने


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ ५ मार्च २०२२

हङकङमा हिजो मार्च ४ तारिक दिन कोरोना संक्रमितको कुल ५२,५२३ पुष्टि भएका COVID-19 केसहरू थपिएका छन र आजसम्म हङकङमा कोरोना संक्रमित हुनेको संख्या जम्मा ४००,००० नाघेको छ।

हङकङ सरकारका विज्ञ सल्लाहकार समेत रहेका CUHK मा श्वासप्रश्वास प्रणालीका अध्यक्ष प्रोफेसर डेभिड हुईले आज ५ तारिख बिहान एक रेडियो कार्यक्रममा हङकङका १५% जनसंख्या पहिले नै सङ्क्रमित भइसकेको कुरा गरेका छन। पुष्टि भएका केसहरूको संख्या मात्र बढ्दै जानेछ। Hui ले वताएका छन कि भवनहरुमा हालै गरिएको लकडाउन र परिक्षणको दर १०% देखि २०% सम्म उच्च हुने अपेक्षा गरिएको छ।  त्यसैले अहिलेको यो समयमा अनुमान गरिएको छ कि हङकङमा लगभग १५% मानिसहरू संक्रमित भएका छन् र पुष्टि हुनेहरूको दैनिक संख्या मात्रै बढ्दै गै रहेको छ।

हङकङमा इपिडिमियोलोजिस्टहरूले बनाएको गणितीय मोडेल अनुसार यो महिनाको मध्यमा महामारी उत्कर्षमा पुग्छ र केहि समयको लागि व्यापक रूपमा चल्नेछ।

सरकारले अनिवार्य विश्वव्यापी परीक्षण (CUT) गर्नको लागि समयावधिमा विचार गर्नुपर्ने डेभिड हुईले बताएका छन। संक्रमणको फैलावट तुरुन्तै रोक्नको लागि उपयुक्त समय महामारीको प्रारम्भिक चरणमा हुनुपर्छ चरम उत्कर्षमा पुगेको बेला कुनै पनी उपायले काम नगर्न सक्छ। हङकङमा पर्याप्त आइसोलेसन सुविधाहरू पनी छैनन त्यसैले डायनामिक शून्य-कोविड रणनीति पुष्टि भएका केसहरू घटेपछि र “स्टेहोमसेफ” आदेश अनुसार मात्र हासिल गर्नुपर्छ। उनले यो पनि वताएका छन कि त्यहाँ धेरै आइसोलेसन सुविधाहरू निर्माण भए पनि ती पर्याप्त हुने छैनन। र एक लाख भन्दा बढी शय्या भए पनि CUT ले फेला परेका बिरामीहरूको संख्या निश्चित रूपमा यो संख्या भन्दा धेरै हुनेछ। त्यसबेला वृद्धवृद्धा र दीर्घकालीन बिरामीलाई अस्पतालमा भर्ना गर्न प्राथमिकता दिइनेछ र सब डिभाईडेट फ्ल्याटमा बस्नेहरूलाई पनि क्वारेन्टाइन सुविधामा भर्ना गर्न पर्नेछ। एसिम्प्टोमेटिक बिरामीहरू वा हल्का लक्षणहरू भएका बिरामीहरूको लागि, यदि परिस्थितिले अनुमति दिन्छ भने अर्थात उनिहरुको घरमै वस्ने वातावरण उपयुक्त छ भने उनीहरू अझै पनि घरमा अलग्गै बस्न वा कम्युनिटि आईसोलेसन फेसिलिटि मध्येमा छनौट गर्न सक्नेछन।

त्यसैले अवको हप्ताबाट हङकङमा कोरोना संक्रमणको दर उच्चतम बिन्दुतर्फ लाग्ने हुनाले हामी सबै नागरिकहरु पनी सचेत हुनु पर्दछ। हङकङमा अहिले केहि व्याक्तिहरुले कोरोना संक्रण फैलाउन अनेक हर्कत गरिरहेका छन, जस्तै एम टि आर तथा बसहरुमा मास्क नलगाउने तथा थुक सिगान निकालेर पुछ्ने तथा फ्याल्ने घटनाहरु पनी सामाजिक संजालमा देखिएको छ त्यसैले त्यस्ता व्याक्तिहरुवाट हामी टाढै बस्नुपर्ने देखिन्छ।


Translate »