नारायण भण्डारी हङकङ २० अक्टोवर २०२१
गुल्मी जिल्ला पहाडकै एक नमुना जिल्लाको रुपमा लिदा सायद फरक पनी पर्दैन र सरकारी निकायमा प्राय मन्त्री बन्नेको पनी पालो दोहोरीएरै आउछ गुल्मीको नाम प्रसिद्द एवं धार्मिक तीर्थस्थल र तपोभुमीको अर्को नाम हो गुल्मी बिश्वमै चियाभन्द बढि चर्चा पाउने पेय पदार्थ हो कफि त्यसमा पनी गुल्मीको कफि लगायत धेरैछन यस्ता नामहरु संझिनै पर्दा पंचायत कालमा सदरमुकाम तिम्रो क्षेत्रमा लैजाउ भन्दा चाहिडैन भन्ने नेतापनी हाम्रै क्षेत्रका पंचायत कालिन नेता हुन।
यि माथीका त केहि नमुना मात्र हो यस्ता र यस्तै धेरै कुराहरु गुल्मीमा छन तर विकासको हिसावले र राजनैतिक पहुचको हिसावले हेर्दा सधै पिछडिएको ठाउ हो गुल्मी किनकी पटक पटक नेताहरु सरकारमा जाने केन्द्रक्रित भएर रहने एउटै उर्लिखोलाको पुल पनी बर्षौ सम्म अधकल्टो बनाएर फेरी चुनावी नारा खोज्ने जस्ता कयौ कामहरु तपाई हाम्रै आखाअगाडी अनेकौ छन।
पचक पटक मन्त्री बनेका र पार्टिमा पहुचवाल मन्त्रीको नाम पनी हाम्रै गुल्मीका कम्रेड प्रदीप ज्ञवाली हुन मैना भण्डारी र शुवर्ण द्वारचन पनी काग्रेसको प्रभावसाली र पहुचवाला नेताकै नाम हो यसैगरी चन्द्र भण्डारी जो नेपाली कांग्रेसको स्पस्टवक्ता प्रभावसाली र विकास प्रेमी नेताको नाम हो। आखीर सबैकुरा हुदाहुदै पनी किन हुदैन बिकास किन कयौदिन सम्म खोलामा गाडी अड्किन्छन किन कयौ दिनसम्म बाटो रोकिन्छ एउटा मात्र गाडी बाटोमा बिग्रदा के यसको उत्तर हाम्रा नेतालाई थाहा छ?
एउटा ट्रक खोलामा बिग्रेर घन्टौसम्म डहरे खोलामा गाडिको आवत जावत नहुदा कयौ यात्रु भोकभोकै परेर वडाध्यक्ष संग एकजना ट्रक चालकले प्रस्न सोध्दा आक्रोश भएको भिडियो पनी हामीले देखेकै हो आखिर सबैलाई भोट चाहिएको छ त्यसपछि नोट चाहिएको छ आखिर राजनीति कहिले बन्ला जनसेवा हाम्रो देशमा ? सायदै बन्ला यस्तै पाराले देशमा कमिसन भ्रष्टाचार मात्र मौलाउदै जाने होभने।
धन्यवाद नेपाली कांग्रेसका प्रभावसाली नेता डा. चन्द भण्डारी ज्युलाई ढिलै भएपनी ३ वटा अति आवश्यक खोलामा पक्कि पुलको लागि जुन कार्य अगाडि बढाउनु भएको छ यो यत्तिमै सिमीत नरहोस यस कार्यले मुर्तरुप पाओस र जनताले तपाईको कामको पुस्तौसम्म पनी प्रसंसा गर्नेछन र भोट हात नकमाईकन तपाईको नाममा दिनेछन।
गुल्मी जिल्लाका त्यस भेगका हाल बहालवाला नेता ज्युहरु कमरेड सुदर्शन बराल, माननीय सुवर्ण जुहारचन, माननीय मैना भण्डारि ज्यु तपाइहरु घर जाने बाटोमा हो नि जिप बगाएको ? मैना भण्डारी प्रदिप ज्ञवाली त्यही क्षेत्रका जनताले भोट दिएर तपाइले चुनाव जितेर मन्त्री बनेको होइन र? नेपाली काङ्ग्रेसको को प्रभावसालि नेता चन्द्र भण्डारी तपाइले राजनिती गर्ने ठाउँ र तपाइको वडाको सिमानामा हो गाडी बगाएको?सत्यवती गापा अध्यक्ष पारिश्वर ढकाल, चन्द्रकोट गाउपालीका अध्यक्ष द्रोण खत्री र मुसिकोट न पा अध्यक्ष सोमनाथ सापकोटा तपाइहरुले यहि बाटोको स्तरोन्नति गर्ने लोभ देखाएर चुनाव जितेको हो नि ! नेपाली काङ्ग्रेसको सत्यवती गाउपालिका सभापती एवं वार्ड अध्यक्ष बिष्णु प्रसाद भण्डारी ज्यु तपाइको वार्डमा हो नि जिप खोलाले बगाएको ? अब पनी जनताको नेता भएर नसेचे कहिले सोच्ने चुनावमा मात्र गरिने नमस्कारले अव नपुग्लाकी एकपटक गम्भीर भएर सोच्नेवेला आएको छ ।
कतिपय क़ुरामा म तपाईहरु संग बेला बेलामा लाईभ जोडिन मन लाग्छ प्रस्नहरु गर्न मनलाग्छ प्रदेशमा छु तपाईहरु संग मेरो फ्रेण्डलिस्टमा रिक्वेस्ट आएको महिनौ भयो सत्यवती गाउपालीकाका नेतागणहरु मिल्छ भने तपाईहरुकै भाई भतिजो लाई आर्यन भण्डारी Aryan Bhandari लाई साथीको लिष्टमा राखिदिनुहोला बाकि समय समयमा गफगाफ पनी गाउको बिकासकै वारेमा गरौला यो समाचारलाई बढिभन्दा बढि सेयर गरी सम्वन्धित निकायसम्म पुर्याईदिनुहोला।