नारायण भण्डारी हङकङ १२ मार्च २०२२
हङकङमा पाचौ लहरको कोरोनाकै कारण अवस्था दयनिय बन्दै गैरहेको छ भने बजारमुल्यु पनी आकासिएको छ। हिजो आज बजारमा सामानको खासै अभाव भने छैन।
आजपनी हङकङ २७ हजार ६ सय ४७ जनामा संक्रमण भएको छ भने कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या १९८ जना छन छन बिगत २४ घन्टामा हङकङमा मृत्यु हुनेहरुको कुल संख्या भने २८५ जना पुगेका छन।
आजको संक्रमणमा १ जना मात्रै आयातित हुन भने अन्य सबै स्थानिय संक्रमित रहेका छन। पाचौ लहरको सुरुवात देखि कुल ६६१८१६ जना कोरोना संक्रमित भएका छन।
अनलाईन मार्फत कोभिड पुष्टि भएका अर्थात घरमै कोरोना चेक गरेका ( Rapid Antigen Test) ११,८५८ जनाले आफुहरुलाई कोरोना पोजेटिभ भएर दर्ता गरेका छन।
स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाले पुष्टि गरेका घटनाहरूमध्ये डेल्टा भेरियन्टको कुनै पनि केस थिएन, थप १,०५५ ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको आशंका गरिएको थियो, र बाँकी १,७३८ केसहरू अपूर्ण वा जीनोम सिक्वेन्सिङका लागि अपर्याप्त थिए।
यसरी दैनिक रुपमा घटबढ हुदै औषतमा ३० हजारमाथी दैनिक संक्रमित थपिएका छन भने मर्नेहरुको संख्या पनी १५० माथी नै रहेका छन। अवस्था निकै गम्भिर रहोको छ र विज्ञहरुका अनुसार अहिलेको कोरोना बालबालिकाहरुका लागिपनी खतरा भएको बताएका छन त्यसैले वालवालिकाको हेरचाहमा निकै ध्यान दिनुपर्ने देखिएको छ।