नारायण भण्डारी हङकङ १७ अक्टोवर २०२१
संखुवासभामा जन्मभई हाल विगत लामो समयदेखी हङकङलाई कर्मथलो बनाउदै आनुभएका नेपालका पूर्व प्राध्याक एवं साहित्यकार दाजु गुरुङको दोस्रो कथा संग्रह ” लाई – सी ” आज एक विशेष समारोहको आयोजना गरी जोर्डनमा रहेको बगैचा रेष्टुरेन्ट एण्ड पार्टि प्यालेस मा भव्यताका साथ लोकार्पण कार्यक्रम सम्पन्न गरिएको छ स्मरण रहोस टाकीका फुल कथाकार दाजु गुरुङको पहिलो कथा संगह हो । उक्त कार्यक्रममा उपस्थित अतिथी एवं पाहुना हरुलाई व्याज वितरण गिता अधिकारी र नरमाया गुरुङले गर्नुभएको थियो ।
संखुवासभा समाज हङकङ आयोजक रहेको उक्त कार्यक्रममा हङकङ साहित्यिक साझा श्रृंखला सह – आयोजक रहेको थियो उक्त कार्यकममको संचालन संखुवासभा समाज हङकङ का सचिव लिला बहादुर गुरुङले गर्नु भएको थियो भने उक्त कार्यक्रममा सभापतित्व संखुवासभा समाजका अध्यक्ष टोप वहादुर याक्खा को समापतित्व र प्रमुख अतिथी हङकङ नेपाली माहासंघका अध्यक्ष टंक राना रहेका थिए । यसै गरी विभीन्न संघ सस्थाका प्रतिनिधीहरु को वाक्लो उपस्थीति रहेको थियो त्यसरी उपस्थीत हुनेहरुमा रमण गुरुङ हङकङ साहित्यिक सामा श्रृङ्खलाका संयोजक, विजय गुरुङ तमु ङ्योहल हङकङ का अध्यक्ष , रिता गुरुङ नेपाल क्लवकी अध्यक्ष , लाल वहादुर गुरङ साझा श्रृङखला का पूर्व संयोजक , राज कुमार राई संपादक साठलाबुङ साप्ताहिक , किन्दर राई लेखक एवं पत्रकार , बज्र राई गजलकार , चन्द्र वहादुर गुरुङ गुरुङ समाज संखुवासभा , पूर्ण वहादुर याक्खा अध्यक्ष याक्खा छुम्वा हङकङ , हेम प्रताप गुरुङ अध्यक्ष प्रदेश नं १ गुरुङ समाज हङकङ , सुनिता गिरी पूर्व संयोजक हङकङ साहित्यिक साझा श्रृंखला , प्रदिप थापा सल्लाहकार हङकङ नेपाली माहासंघ , ईश्वर गुरुङ अध्यक्ष स्याङजा जनसेवा समीती, इन्द्र वनेम वकिल एवं समाजसेवी , . दिपेन्द्र राई साहित्यि साझा ‘ सह संयोजक एवं चित्रकार , पूणिमा जि शाह साहित्य श्रृंखला की पूर्व सहसंयोजक आयुसी श क्षेत्री साहित्यकार , धर्म राई समाजसेवी, रोशन याक्सो कवि, जुनु राना लेखक एवं कवि , इन्द्रा थेगीम साहित्यकार तमुस्यो हङकङ का प्रवक्ता शन्तोष गुरुङ सन्ध्या क्षेत्री कवि, लोकप्रसाद दाहाल शिक्षक , सारदा गुरुङ शिक्षिका ज्याप स्टुडियो का विक्रम गुरुङ पत्रकार एवं कवि नारायण भन्डारी गुल्मेली अनलाइन टिभी , जगत गुरुङ एच के नेपाल डटकम लगायत अन्य विभिन्न साहित्य अनुरागी र संखुवासभा वासि धेरैजना व्यातित्व हरुको वाक्लो उपस्थीति थियो ।
यसैगरी कथाकार एव साहित्यकार ‘ दाजु गुरुङ को नया कथा संग्रह लाई -सी कोलागि शुभकामना वक्तव्य दिनुहुनेहरुमा रमण गुरङ, प्रकाश गुरुङ, चन्द बहादुर गुरुङ रिता गुरुङ गिता अधिकारी आदिले शुभकामना व्याक्त गर्नु भएको थियो भने दाजु गुरुङ को दोस्रो कथा संग्रह लाई – सि माथी समिक्षा गर्नुहुने हरमा किन्दर राई बज्र राई ले उक्त कथासंग्रह माथी समिक्षा गर्नुभएको थियो ।