देउसी भैलोको समय छोट्याउन भन्दा दशै तीहारको विदा हटाईदे सरकार


F69C7439 11F3 4CA4 81C1 4417721A8FD2

नारायण भण्डारी हङकङ ०४ नोभेम्वर २०२१

हाम्रो देशको मुख्य दोस्रो ठुलो चाहाड तीहार जसलाई परापूर्व कालदेखीनै भव्य र हर्सोल्लास पूर्ण तरिकाले नेपालीहरु चाहे आफ्नो देशमा रहेर होस वा पराई भुमिमा रहेर पनी निकै रमाईलोको साथ हरेक नेपाली चाडवाडको मनाउदै आएको हामी देखिरहेका छौ।

९४%  ॐ कार परिवार  रहेको नेपालमा र विश्वको एकमात्र हिन्दुराष्ट नेपालमा जवरजस्ती लादिएको गणतन्त्र आजकाल सबै जनतालाई गलाको पासो बनेको छ। कतिपय सांसदहरुले नयाँ संविधान लेख्नेवेलामा हिन्दुराष्ट्र नेपाल बाट धर्म निरपेक्ष राष्ट्र नेपाल राखेको आफुहरुलाई नै थाहा नभएको र धेरै निरक्षर सांसदहरुलाई निरपेक्षको अर्थ नै अनर्धहुनेगरी बुझाएको हामीले पटक पटक उनिहरुको अभिव्यक्तिबाट सुन्दै र पढ्दै पनी आईरहेको छौ।

कुनैपनी धर्म नमान्ने पाएमा क्षेरपाटिनै चल्नेगरी बिदेशीहरुको डलरमा बिक्ने र आफ्नो देशको धर्म र संस्कृति नै मास्ने नेताहरुवाट आगामी पुस्तले के सिक्लान ? आफ्ना बाबाआमाको बुढेसकालको साहारा बन्नुपर्ने सन्तानले नै आफुहरुलाई बृद्दाश्रममा लगेर राखेपछि जिवन नै धरापमा राखेर बच्चा पाउनु हुर्काउनु पढाउनुको के अर्थ रह्यो र?

देशकै सर्वोच्च संस्था राष्ट्रपतिको त पुज्यनिय माता बृद्दाश्रममा हुनुहुन्छ भने अबको पिढिले के गर्ला? नैतिक शिक्षालाई विध्यालयको  पाठ्यक्रमबाट बचाउने नेताले आफ्ना सन्तानहरु नैतिकवान भएनन भनेर कसरी भन्न सक्छन ? बिदेशीको चाडवाड र पर्वमा रातभर खुल्लाहुने तर ९४ प्रतिशत हिन्दुहरुको बाहुल्यता रहेको हाम्रो देशमा दशै तिहार नागपञ्चमी रक्षा बन्दन हरितालिका तिज जस्ता बिशेष चाडपर्वहरुको सरकारी बिदा कटौती गरीनुले पनी सरकार र हाम्रो देशको संस्कार कतातिर ढल्कदै छ सहजै अनुमान लगाउन सकिन्छ।

बिदेशीको चाडपर्व र नयाँ वर्षमा समेत २४सै घन्टा खुल्ला रहने देशमा परापूर्व कालदेखी मनाउदै आएको देउसी भैलो खेल्नमा रोक लगाउने सरकारको निकम्मा र प्रहरी प्रसासनले माथीको आदेश भन्दै लाठी बर्साउन समेत पछि पर्दैनन प्रहरी प्रसासन जनधनको सुरक्षाको लागि की देशको चाडवाड संस्कृति मास्नेहरुको लागि बुट बजारेर सल्युट ठोक्नको लागी गम्भीर प्रस्न उठाउनुपर्ने देखीन्छ।

हो सक्छौ भने देशमा भएका बिकृती बिसंगती हत्या हिंसा बलत्कार लुटपाट घुसखोरी कालोबजारी लाई नियन्त्रण गर सक्दैनौ भने चुपलागेर बस सरकार ! आफ्नो धर्म संस्कार मनाउन चाडपर्व मनाउन मन्दिर जादा कोरोना सर्छ भन्ने अनि तिम्रो राजनीतिक सभा सम्मेलन गर्न गाउगाउबाट गायीका गाडी मान्छे ल्याउदा जम्मा गर्दा कोरोना नलाग्ने कस्तो पारा हो सरकार ?

सक्छौ भने दशै तिहारको सरकारी बिदा नै हटाईदेउ सक्दैनौ भने सदियों देखी मनाउदै आएको चाडपर्वमा अंकुश लगाउने काम बन्द गर । बिदेशी तत्व र दलालहरुको डलरको दलदलमा फसेर भोलि नेपाली जनता जागे भने तिम्रा सातपुष्तालाई देश निकाला गर्न पनी पछिपर्ने छैनन।

ख्याल र याद रहोस २५० वर्षदेखी राज गरेको राजसंस्था त्यसै लुरुक्क परेर नागार्जुनमा सरेका होईनन राजा ज्ञानेन्द्र जनताको नासो जनतालाई नै सुप्पिए फेरी जनताले चाहेमा कार्यभार संहाल्न आउनेछु भनेको पक्कै बिर्सिएका छैनौहोला त्यसैले जनताको ईच्छा बिपरितकार्य गर्न र गराउन बन्दगर होईन भने गणतन्त्र त के जुनसुकै तन्त्र भएपनी तिम्रो कुनै पावर चल्नेवाला छैन।

याद रहोस नेता जनताका साशक होईनन सेवक हुन भन्ने भान जनतालाई गराउ नत्र तिम्रो बिरासत ढल्नलाई कुनै युग कुर्न पर्नेछैन। हेक्का रहोस जनता भनेका सबैभन्दा शक्तिशाली हुन्छन राजनीतिमा।

 


Translate »