चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन


D115C8B2 C056 41AC 9095 19D4B5C8C0D2

नारायण भण्डारी हङकङ २१ सेप्टेम्वर २०२२

भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । कानपुरका राजुको जन्म १९६३ डिसेम्बर २५ मा भएको थियो । उनको वास्तविक नाम सत्य प्रकाश हो । उनलाई गजोधर र राजु भैयाका नामबाट पनि चिनिन्छ ।उनको ५८ वर्षको उमेरमा दिल्लीको एम्स अस्पतालमा निधन भएको हो ।

विगत ४२ दिनदेखि उनको उक्त अस्पतालमा उपचार चलिरहेको थियो । गत महिना अगस्ट १० मा हृदयघात आएपछि उनलाई अस्पताल पुर्याइएको थियो ।

सुरुमा स्ट्याण्ड अप कमेडिबाट अभिनय यात्रा सुरुगरी आफ्नो पहिचान बनाएका राजुले करिब १९ वटा चलचित्रमा पनि अभिनय गरेका छन। उनका चर्चित शोहरुमा  ग्रेट इंडियन लफ्टर च्यालेन्ज, कमेडिका महा मुकाबला,कमेडि सर्कस,देख भाइ देख,लफ इंडिया लफ,कमेडि नाइट विथ कपिल, द कपिल शर्मा शो र ग्यांग्स अफ हसीपुर रहेका छन।

चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधनले हास्यविधामा ठूलो क्षती पुगेको छ। मृत आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारमा गहिरो समवेदना ।


Translate »