हङकङ सरकारले कोरोनाको मापदण्ड केहि खुकुलो पार्दै खाना खाने समय राती १० बजे सम्म वार र पवहरु बन्द


FCB99245 5B83 4AE1 B97D CADE80A709A8

नारायण भण्डारी हङकङ १४ अप्रिल २०२२

हङकङकी प्रमुख कार्यकारी, क्यारी लामले आज बिहान ११ बजे दैनिक पत्रकार सम्मेलनमा कोरोना संक्रमित र मृत्युदरहरु ओरालो लाग्दै गरेको छ तर पनी कोरोना संक्रमितको संख्या हजार माथी नै छ। नागरिकहरू बीच अधिक सामाजिक अन्तरक्रिया गके संगै अझै पनि कोरोनाको भाईरसको प्रसारण को जोखिम भने हुनेछ।

उनले जनतालाई सामाजिक दूरीका उपायहरू जहिले पनि पालना गर्न, सावधानी अपनाउन र विशेष गरी आगामी इस्टर बिदामा मास्क लगाउन अपील गरेकी छन। उनले जतिसक्दो चाँडो खोप लगाउन पनि नागरिकलाई आग्रह गरेकी छन। सामाजिक दुरीका उपायहरू खुकुलो घोषणा गरिसकेपछि, भ्याक्सिन पासहरू कडाइका साथ लागू गरिनेछ र सम्बन्धित विभागहरूले नियमहरुलाई कडाईका साथ लागु गर्नेछन।

यसैबीच, खाद्य तथा स्वास्थ्य सचिव डा. सोफिया चानले महामारीको स्थितिमा सुधार हुँदै गएको र सामाजिक दूरीका उपायहरू हल्का रूपमा सहज बनाउन सकिने बताइन। आगामी २१ अप्रिल बाट डाइन-इन सेवाहरू राती १० बजेसम्म विस्तार गर्न सकिन्छ र प्रति टेबलमा मानिसहरुको अधिकतम संख्या ४ मा बढाइनेछ। कुनैपनी भोज भतेरको लागि २० भन्दा बढी व्यक्तिहरूको लागि अनुमति भने  दिइने छैन। यद्यपि, बार र पबहरू बन्द नै रहनु पर्छ। उनले भनिन कि केहि निर्धारित परिसरहरू पुन: खोल्न अनुमति दिइनेछ र ती खेलकुद केन्द्रहरू, फिटनेस सेन्टरहरू, सौन्दर्य सैलुनहरू, सार्वजनिक मनोरञ्जन स्थलहरू, सिनेमाघरहरू, खेल मैदानहरू, आर्केड खेल केन्द्रहरू, कार्यक्रम स्थलहरू, र पूजा स्थलहरू समेत रहेका छन। प्रति समूह ४ जनालाई अनुमति दिइनेछ र प्रत्येक स्थानमा अधिकतम ५०% क्षमताको अनुमति दिइनेछ भने मास्क जहिले पनि लगाउनुपर्नेछ।

खोप सर्तहरू पूरा भएमा सिनेमा हलहरूमा खाना र पेय पदार्थहरू पनि अनुमति दिइनेछ। सबै कर्मचारीहरूलाई कोभिड-१९ विरुद्ध तीन डोजको खोप भने अनिवार्य लगाएको हुनुपर्दछ। कोरोना लागेर निको भएका बिरामीहरूलाई दुई डोजको खोप लगाइनुपर्छ ।  १२ वर्ष मुनिका बालबालिका वा विगत ३ महिनाभित्र निको भइसकेका बालबालिका बाहेक, दुईवटा खोप लगाएका दर्शकका सदस्यहरूलाई प्रवेश गर्न दिइनेछ।

थप रूपमा ३० भन्दा बढी व्यक्तिहरू नभएका स्थानीय भ्रमणहरूलाई अनुमति दिइनेछ तर सबै कर्मचारीहरूलाई ३ डोजहरू खोप लगाउन आवश्यक छ। र्‍यापिड एन्टिजेन परीक्षण (RAT) प्रत्येक भ्रमण अघि अनिवार्य गरिनेछ। सबै समूह भ्रमण सदस्यहरूले खोप पासको आवश्यकताहरू पूरा गर्नुपर्छ। यदि RAT मार्फत सबै सदस्यहरूको परीक्षण नेगेटिभ आयो भने, प्रति समूह अधिकतम संख्या १०० जना सम्म पनी ​​थप गर्न सकिन्छ।

यसैबीच सरकारले २ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध थप ४ जनाबाट खुकुलो बनाउन कार्यकारी परिषद्मा प्रस्ताव गर्ने भएको छ ।

२१ अप्रिलदेखि, लेजर एण्ड कस्चरल सेवा विभाग (LCSD) ले खेलकुद केन्द्रहरू, स्क्वास केन्द्रहरू, आउटडोर टेनिस कोर्टहरू, बास्केटबल कोर्टहरू र अन्य बाहिरी सुविधाहरू सहित केही मनोरञ्जन र सांस्कृतिक स्थलहरू पुन: खोल्नेछ। बाहिरी मनोरञ्जन सुविधाहरू र फिटनेस सुविधाहरू पनि पुन: खोलिनेछ। खेलाडीको आधिकारिक संख्याका आधारमा अन्तर-टिम प्रतियोगिताहरू गर्न सकिन्छ। पौडि खेलका सुविधाहरू र बारबिक्यू साइटहरू बन्द रहनेछन।  पुस्तकालयहरू पुन: खोलिनेछ, र मानिसहरूको संख्या क्षमताको आधा भन्दा बढी भने हुनुहुदैन। LCSD स्थानहरूमा प्रवेश गर्नेहरूले खोप लगाएको गर्नुपर्छ र स्थानहरूमा प्रवेश गर्न QR कोडहरू स्क्यान गर्नुपर्छ।

केही मनोरञ्जन सुविधाहरू जस्तै सार्वजनिक समुद्र तटहरू, सार्वजनिक पौंडी पोखरीहरू, पानी खेलकुद केन्द्रहरू, र बारबेक्यू क्षेत्रहरू अस्थायी रूपमा बन्द छन्। दोस्रो चरणमा पानी खेलकुद सुविधाहरू खोल्न अनुमति दिइनेछ।


Translate »