नारायण भण्डारी हङकङ १६ जनवरी २०२२
हङकङ कोभिड-१९ महामारी सुरु भएको पनी तेस्रो वर्षमा प्रवेश गरेको छ। हङकङका धेरै स्थानहरूले विभिन्न महामारी विरोधी उपायहरू लागू गरेका छन। हङकङ सरकारले घोषणा गरेको छ रेष्टुरेन्टहरुमा बसेर साँझको खाना रेष्टुरेन्टमै बसेर खाने सेवाहरूमा लगाएको प्रतिबन्ध लाई थप १४ दिनको लागि लम्ब्याएको छ। तर पनी सरकारी विशेषज्ञ सल्लाहकार र हङकङ विश्वविद्यालयको मेडिसिन संकायका डीन गेब्रियल लेउङले हिजो १५ तारिख एक रेडियो कार्यक्रममा भने कि शून्य COVID-19 नीति लगभग असम्भव जस्तै काम हो त्यसैले रेष्टुरेन्टहरूलाई लगाएको प्रतीबन्ध हटाउन सुझाव दिएका छन। विभाजनहरू, तर क्याटरीङ र रेष्टुरेन्टहरुले सुनिश्चित गर्नुपर्दछ कि डिनरहरू बीच पर्याप्त दुरी कायम भएको हुनुपर्दछ।
उनले सरकारलाई क्याटरिङ र रेष्टुरेन्टमा बसेर खानाखाने समय बेलुका ८ बजे वा ८:३० बजेसम्म सेवा प्रदान गर्न अनुमति दिन पनि सुझाव दिएका छन।
टेनिस कोर्ट, गल्फ कोर्स र फुटबल पिचहरू जस्ता सुरक्षित स्थानहरू पुन: खोल्न सकिने उनले थपे। लेउङले रेस्टुरेन्टहरूमा विभाजनको सामान्य प्रयोगले मनोवैज्ञानिक प्रभाव भएको बताए र केही अध्ययनहरूले ओमिक्रोनको मुख्य प्रसारण मार्ग ड्रपलेट ट्रान्समिशनको सट्टा एयरबोर्न हो भनेर औंल्याएका छन।
खोपको दर ९० प्रतिशत पुगेमा सामान्य जीवनमा फर्किने समयतालिका बनाउनुपर्ने सरकारले नागरिकलाई लक्ष्य दिनु पर्ने उनको भनाइ छ । हो यसरी नै आम नागरीकहरुमा फैलिएको डर त्रासलाई कम गर्नेतर्फ पनी लाग्नुपर्ने देखिन्छ।
नियमित रुपमा फेस माक्सको प्रयोगले आम जनमानसमा अप्ठ्यारो सृजना गर्नुका साथै स्वासप्रस्वास सम्वन्धि रोगहरुपनी देखिन्छन र सरीरमा प्रयाप्त मात्रामा अक्सिजनको कमी समेत भएको छ। बिशेष गरी साना अबोध नानी बावुहरुमा जवरजस्ती वा कुनै डर देखाएर माक्स प्रयोग गर्न लगाउदा उनीहरुमा मनोबैज्ञानीक रुपमा समेत असर परेको छ र सरिरमा अक्सिजनको मात्रा त कम हुने नै भयो विश्वमा कती देशमा माक्सको प्रयोग हटाईसकेका छन र माक्स फ्रि गर्न मागपनी गरेको समाचार हामीले पढिरहेका छौ।
हामी पनी हङकङ सरकारको कोभिड -१९ सुन्य नितिलाई सबै मिलेर सहयोग गरौ र छिट्टै क्वारेन्टिन र माक्स फ्रि भएर सामान्य रुपमा जिउन पाउने छौ।