रेश्टुरेन्टहरुमा फेरी प्रतिटेवल १ जना मात्र बसेर खानपाउने


FCB99245 5B83 4AE1 B97D CADE80A709A8

नारायण भण्डारी हङकङ १४ मार्च २०२२

हङकङमा कोरोनाको पाचौ लहरसंगै रेष्टुरेन्टमा खानाखाने सुबिधामा ४ जना प्रति टेवल बाट घटाएर २ जना प्रती टेवल गरिएको थियो। अहिलो कोरोनाको संक्रमण दर अति तिब्र रुपमा बढिरहेको अवस्थामा पुनः परिमार्जन गरी प्रति टेवल १ जना ग्राहक मात्र बसेर खाना खाने नियम बनाउदै।

यो समाचार तयार पार्दा सम्म साझ ६ बजे अगाडिको खाना खादा समेत। प्रति टेवल १ जना मात्र बसेर खाने नियम बनाउने भएको समाचार हामीलाई प्राप्त भएको छ। यसरी यो नियम लगाएमा रेष्टुरेन्ट व्यवसायमा निकै असर पर्ने कुरा पनी पहिलेनै अनुमान लगाईएको छ।

हङकङ फेडेरेसन अफ रेष्टुरेन्ट्स एण्ड रिलेटेड ट्रेड्सका अध्यक्ष साइमन वोङ का–वोले आज १४ तारिख भनेका छन । हाल हङकङमा कोरोना माहामारी यसरी नै बढ्दै गयो भने हङकङका करिव १२,००० भन्दा बढि रेष्टुरेन्ट बन्दहुने अनुमान गकिएको छ। यसरी नै रेष्टुरेन्टहरुमा नियम कडाई गर्दै लगेमा यसको व्यवसायमानै नकारात्मक असर पर्नेछ।

उनले भने कि वर्तमान मापन प्रति टेबल 2 व्यक्ति, धेरै रेस्टुरेन्टहरू मुश्किलले बाँचिरहेका छन्। हङकङका १७,००० रेस्टुरेन्टहरूमध्ये ३,००० भन्दा बढी रेस्टुरेन्टहरू अस्थायी रूपमा बन्द गरिएका छन्। यस्तै हो भने बजार यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारले निर्णायक कदम चाल्नुपर्ने र ७–१४ दिनको नगरव्यापी तालाबन्दीलाई सबै नागरिकमा प्रत्यक्ष रूपमा लागू गर्न उनले सुझाव दिएका छन । वोङले एक-व्यक्ति-एक-टेबल उपायको प्रभावकारितामा पनि प्रश्न उठाए। उनले भनेका छन कि प्रती टेवल १ जना व्याक्ती मात्र राख्ने हालको उपायले रेष्टुरेन्ट व्यवसायलाई ८०% ले घटाएको छ तर पुष्टि भएका केसहरूको संख्या अझै तीव्र रूपमा बढिरहेको छ। उनले अहिलेको महामारीको अवस्था गम्भीर छ भन्ने आफूलाई बुझे पनि उद्योगमा परेको डोमिनो इफेक्टले ठूलो संख्यामा आम नागरिकको जीविकोपार्जनमा असर पर्ने कुरा सरकारले बुझेको उहाँको छ भन्ने आशापनी गर्न सकिन्छ।

यसरी सरकारले नियममा कडाई गर्दै लैजाने र वेरोजगारी समस्यालाई कसरी हलगर्ने बिषयमा पनी यथासिघ्र छलफल गरेर कुरा अगाडि बढाउनुपर्ने देखिन्छ।


Translate »