नारायण भण्डारी २०८० कार्तिक १८ शनिवार
शनिवार मध्यराति जाजरकोटमा केन्द्रविन्दु गराएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पबाट जाजरकोटमा एकजना घाइते भएको खवर प्राप्त भएको छ भने खलंगा र देशका अन्य भागमा पनि घरहरुमा क्षति भएको र घरहरू भत्किएका विवरण प्राप्त भएको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का देशभर सहसुस गरिएको छ। गुल्मी तथा वुटवल र पाल्पा बाट हाम्रा सहकर्मिहरुले नराम्ररी हलाल्यो भन्दै सुचना प्रबाह गरेका छन ।