नारायण भण्डारी हङकङ १४ अक्टोबर २०२२
हङकङमा आज बिहान करिब ३ः३० बजे, साई कुङको यिम टिन त्साइमा रहेको गाउँको घरको बाथरूममा चान थरका एक ६३ वर्षिय व्यक्तिको मृत्यु भयो। उनका आफन्तले उनलाई बाथरुममा अचेत अबस्थामा भेट्टाए र प्रहरीलाई उद्धारको लागि बोलाए। उद्धारकर्ताहरू घटनास्थलमा आइपुगे, र पीडित कोमामा परेकोले तुरुन्तै हेलिकप्टरबाट उपचारको लागि पामेला युडे नेथर्सोल पूर्वी अस्पतालमा लगियो, जहाँ उनलाई पछि मृत प्रमाणित गरियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको र घटना शंकास्पद नभएको अनुमान गरिएको छ । पोस्टमार्टमपछि मृत्युको कारण भने अबस्य खुल्नेछ ।
हङकङमा जाडोको मौषम सुरु भएको छ तपाई हामी सबै निकै होसियारीका साथ हिटर चलाउनु पर्छ पानि उमालेर ईलेक्ट्रिक स्विच अफ गरेर नुहाउने बानी गर्दा यस्ता दुर्घटनाहरुबाट बच्न सकिन्छ।