आज हङकङमा ६०६३ संक्रमण पुस्टि ७४०० प्रारम्भिक केस १५ जनाको मृत्यु


29F7F6DA E87D 429B ADB6 C98DB4572571

नारायण भण्डारी हङकङ १९ फेब्रुअरी २०२२

हङकङ स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शन (CHP) का डा. चुआंग शुक-क्वानले आज दिउसो ४ः३० बजेको दैनिक पत्रकार सम्मेलनमा  ६,०६३ नयाँ कोभिड-१९ पुष्टि भएको छ। तीमध्ये ४ आयातित र ६ हजार ५८ स्थानीयमा संक्रमण भएको जानकारी गराए । आज रिपोर्ट गरिएका २० जनामा डेल्टा भेरियन्ट समावेश छ भने २७६९ केसहरू ओमिक्रोन भेरियन्ट हुन।। अपर्याप्त भाइरल लोडका कारण २७ केसहरूको जीनोम सिक्वेन्सिङ पूरा हुन सकेन। हङकङमा जम्माजम्मी सङ्क्रमितको सङ्ख्या ४६,७६३ पुगेको छ।

यसैबीच, डा. चुआङले गत डिसेम्बर ३१ देखि आजसम्म मृत्यु भएका ४६ जना बिरामीमध्ये ६ जनालाई खोप लगाइएका भएको बताएका छन अन्यले कोरोना बिरुद्धको खोप लगाएका थिएनन । ३ जनाले सिनोभ्याकले कोरोनाभ्याकको २ वटा डोज, १ जनाले कमिर्नाटी भ्याक्सिनको २ डोज प्राप्त गरेका छन् भने बाँकी २ जना मृतक बिरामीले सिनोभ्याकको १ डोज लगाएका थिए ।

अस्पताल प्राधिकरणका डा सारा होले घोषणा गरे कि ३,३१२ पुष्टि भएका बिरामीहरू अस्पतालमा भर्ना भइरहेका छन थप २४०० बिरामीहरू पेनी बे क्वारेन्टाइन केन्द्रमा क्वारेन्टाइनमा रहेका छन र ११० भन्दा बढी बिरामीहरू चुन वानको सामुदायिक सुविधाकेन्द्रहरुमा क्वारेन्टाइनमा छन।

साथै, पछिल्लो २४ घण्टामा जम्मा १५ जना बिरामीको मृत्यु भएको छ ।आजसम्म कुल २२४ जना बिरामीको मृत्यु भएको छ । आज, अस्पताल प्राधिकरणका १६० भन्दा बढी कर्मचारीहरू संक्रमण पुष्टि भएका र प्रारम्भिक केसहरूको रूपमा सूचीबद्ध छन। भर्ना स्क्रीनिंगको क्रममा ३० भन्दा बढी बिरामीहरूले परीक्षण पोजेटिभ देखिएको छ। र ६० भन्दा बढी बिरामीहरूलाई उनिहरुको नजिकको सम्पर्कको रूपमा सूचीबद्ध गरिएको छ। सार्वजनिक अस्पतालमा आइसोलेसन बेडको प्रयोग दर ९० प्रतिशत प्याक भैसकेको छ ।

डा. सारा होले हङकङको रेडक्रस ब्लड ट्रान्सफ्युजन सेन्टरका एक रक्तदातामा कोभिड-१९ पोजेटिभ देखिएको पनि बताइन। उक्त व्यक्तिले गत महिनाको २७ गते वेस्ट काउलुन डोनर सेन्टरमा रक्तदान गरेका थिए । रातो रक्त कोशिकाहरू यान चाइ अस्पतालमा बिरामीको लागि प्रयोग गरिएको थियो तर प्लाज्मा प्रयोग गरिएको थिएन, र प्लेटलेटहरू चुन मुन अस्पतालमा अर्को बिरामीको लागि प्रयोग गरिएको थियो। दुई जना बिरामीको हालसम्म कोभिड-१९ को परीक्षण गरिएको छैन। अधिकारीहरूले सान्दर्भिक रगत उत्पादनहरू फिर्ता बोलाएका छन् र दुई बिरामीहरूको अवस्था बारे फलोअप जारी राखेका छन।

अहिलेको अवस्थामा रेडक्रले जम्मा गरेको रगत लिन पनी खतरा देखिएको छ। नलिनुपनी कसरी र लिनुपनी कसरी त्यसैले सबै तरहबाट स


Translate »