गुल्मी समाज हङकङको पहिलो बैठक सम्पन्न साथै दशै तिहारको कार्यक्रम तय


2CF26EBA 99BB 473D A20B C2D1F9247842

नारायण भण्डारी हङकङ १८ सेप्टेम्वर २०२२

“गुल्मी समाज हङकङ” ले  आफ्नो आठौ अधिवेशन सफलताका साथ १४ अगष्ट २०२२ का दिन हङकङको जोर्डनमा रहेको एक्स वृटिश गोर्खा रेष्टुरेन्ट एण्ड वारमा सम्पन्न गरेको थियो । त्यसैको एक महिना पस्चात आज १८ सेप्टेम्वरमा सोहि स्थानमा नयॅा कार्यकारी समितीको पहिलो बैठक सम्पन्न भएको छ। उक्त बैठकबाट समितीमा खालि रहेको पदपूर्ति तथा बिबिध बिषयमा आजको बैठकमा छलफल गरी निष्कर्ष निकालिएको थियो।

आज प्रस्ताव एवं छलफल भएका बिषयहरुः-

१. कार्य समितीलाई पूर्णता दिने बारेमा

२. सल्लाहकार छनोट गर्ने बारेमा

३. कार्य समितीको जिम्मेवारी तथा काम बाडफाड सम्वन्धमा

४. बुझबुझारक (हस्तान्तरण) कार्यक्रम बारेमा

५. समाजको आर्थिक लेनदेन बारेमा

६. अन्य बिबिध कार्यक्रम बारेमा

७. दशै तिहार भेटघाट तथा शुभकामना आदान प्रदान बारेमा

आठौ माहाधिवेशनमा रिक्त रहेको पदमा निम्न सदस्यहरुलाई मनोनयन द्वारा पदपूर्ति गरिएको छ।

क. सदस्य राज कुमारी पुन

ख. सदस्य पदमा पुन

ग. सदस्य बिमल ज्ञवाली

घ. सदस्य राधिका बलाल (गलामी)

नोट बि सं २०७९ सालको दशै तिहारको शुभ कामना आदान प्रदान कार्यक्रम ठॅाउ अभावको कारणले नोभेम्वर (November) ६ तारिखका दिन ईण्डिया कल्वमा साझ ७ बजेबाट सुरु हुनेकुरा यसै सुचना द्वारा जानकारी गराईन्छ।

दशै तिहार कार्यक्रमका आकर्सकहरु

गुल्मी समाजको पञ्चेबाजा

गुल्मीको ठाडो भाका यदि तपाईहरु गित गाउन चाहानुहुन्छ भने तयारीका साथ आउनुहोला ।

 


Translate »