नारायण भण्डारी हङकङ १४ जनवरी २०२२
हङकङ सरकारले आज दिउँसो चाईनिज नयाँ वर्षको पूर्वसन्ध्याको अघिल्लो रातभर गरिदै आएको पुष्प मेला जो भिक्टोरिया पार्कमा लाग्दै आईरहेको थियो उक्त मेलालाई नगर्न आदेश दिएको छ।
हङकङमा कोरोना महामारीको पाँचौं लहर सुरु भएकोले सबै ठूला गतिविधिहरू बन्द गरिएको छ। अब चाईनिज नयाँ वर्ष नजिकिँदै गर्दा महामारी अझै नियन्त्रणमा नआएको भन्दै सबै क्षेत्रका मानिस चिन्तित रहेका छन । त्यसैले विद्यमान एन्टि-महामारी नियमहरू पनि अर्को १४ दिनको लागि थप विस्तार हुने अपेक्षा सबैले गरिएको छ।
यसपालाको चाईनिज नयाँ वर्षको पूर्वसन्ध्याको फूल बजार यो महिनाको २६ तारिकमा आयोजना हुने तय गरिएको थियो। धेरै पुष्प आपूर्तिकर्ताहरूले यो समाचारको बारेमा चिन्ता व्याक्त गरेका छन किनभने उनीहरूले उक्त मेला रद्दको परिणाम स्वरूप ठूलो नोक्सानी वेहेर्नुपर्ने भएको छ।