नारायण भण्डारी हङकङ १९ फेब्रुअरी २०२२
हङकङमा मुख्यभुमी चाईनाबाट ताजा खाद्यान्न ल्याउने ट्रकड्राईभरहरुलाई शेन्जेन नगरपालिका सरकार, गुआङडोङ प्रान्तको बन्दरगाह कार्यालयले हिजो १८ तारिख शेन्जेन बन्दरगाहमा १० जना नयाँ क्रस बोर्डर ट्रक ड्राइभरहरूमा कोभिड-१९ पत्ता लागेको जानकारी दिएको छ। तीमध्ये ६ जना हङकङ फर्किएका छन भने बाँकी ४ जनालाई सेन्जेनस्थित तोकिएको अस्पतालमा सारिएको छ ।
फेब्रुअरी महिनाको ४ तारिखमा हङकङमा महामारीको प्रकोप भएदेखि हालै हङकङमा आपूर्ति गरिएको ताजा तरकारी र ताजा खानामा असर पार्ने गरी जम्मा ७६ सीमापार चालकहरू संक्रमित भएका छन। त्यसैले पानीजहाज जो सामान बोक्न प्रयोग गरिन्छ र तिनै (बार्ज पनी भनिन्छ) द्वारा शेन्जेन र हङकङ बीच सीमापार सामान को प्राथमिकता सञ्चालन गरी आज १९ तारीक बिहान करिब ४ बजे झुजियाङ सिपिङ फ्रेटले व्यवस्था गरेको बार्जमा ल्याईएका सामानहरु कामदारहरूले नयाँ याउ मा तेइ सार्वजनिक कार्गो कार्यक्षेत्रमा तरकारी, ताजा खाना र अन्य वस्तुहरू भएका धेरै कन्टेनरहरू उतार्दै गरेको देखियो।
नयाँ याउ मा तेई सार्वजनिक कार्गो कार्य क्षेत्र समुद्री विभाग द्वारा व्यवस्थित गरिएको थियो जबकि भन्सार र FEHD अन्तर्गत खाद्य सुरक्षा केन्द्रका अधिकारीहरूले साइटमा निरिक्षण र सहयोग गरेको पनी देखियो। निरीक्षण गरिसके पछि, सामान चेङ शा वानको होलसेल (थोक) बजार पठाइयो।
अहिले हङकङमा बिशेषगरी ताजा तरकारी फलफुलहरुको मुल्य आकासिएको छ। करिव ३००/४००% सम्म तरकारी र फलफुलको मुल्य बढाईएको छ यसबाट हामी ग्राहकहरु नराम्ररी मर्कामा परेका छौ। एकातिर काम नभएर खालि बस्नुको पिडा छदैछ अर्को तिर मुल्य बृद्धि र फेरी केरोना चेक गरेको रिपोर्ट आउनपनी ४/५ दिन सम्मपनी नआउदा हङकङमा श्रम गरेर खाने बर्गलाई निकै असर परिरहेको छ। यसको छिटो र सरल तरिकाले समाधान कसरी होला ? प्रस्नको उत्तर सजिलै पाउन सकिने अवसिय्था छैन।