हङकङमा ताजा माछा खानुहुन्छ भने होसियार तपाईको पनी ज्यानै जानसक्छ


F4987D03 2FB6 447F 87F5 A2D6B17F9048

नारायण भण्डारी हङकङ २२ अक्टोवर २०२१

हङकङ सेन्टर फर हेल्थ प्रोटेक्शन (CHP) ले हिजो बिहिवार अक्टोवर १० देखि २१ अक्टोवरको बिचमा ST 283 नामको व्याक्टेरियाको कारणले ताजा बजारमा काटेको माछा जुन माछा काट्ने र बेच्नेहरुले नाङ्गो हातले माछाको व्यापार गरिरहेका र तिनीहरुको हातमा आलों घाउ पनी भेटिएका व्याक्तिहरु र त्यसरी बेचबिखन गरेका माछाहरु खाने व्याक्तिमा पनी यो व्याक्टेरिया देखापरेको छ।

गत १० तारिक देखि २१ तारिकसम्म  संकलन गरेको तथ्यांक अनुसार  उक्त ST283  व्याक्टेरीयाबाट ३२ जना ब्याक्तिहरु संक्रमित भएको कुरा बिहिवार पत्ता लागेको छ। हङकङ केन्द्रिय स्वास्थ्य बिभागले पहिलेका महिनामा भन्दा यो महिना बढि संक्रमित भेटिएको हो।

चुन वान र युनलोङको वेट मार्केटिंग बढि यस्तो व्याक्टेरिया भेटिएको जानकारी CHP ले गराएको छ।ग्रुप बी स्ट्रेप्टोकोकस, जसलाई ग्रुप बी स्ट्रेप भनिन्छ, सामान्यतया आन्द्रा वा तल्लो जननमार्गमा पाइन्छ। यो सामान्यतया स्वस्थ वयस्कहरूमा कुनै लक्षण बिना हानिकारक हुन्छ, तर नवजात शिशुहरू, वृद्धहरू, वा पुरानो रोगहरू भएकाहरूका लागि खतरनाक हुन सक्छ।

अनुसन्धानले  के देखाएको छ भने केहि बिरामीहरुलाई ग्रास कार्प प्रजातिका माछा सहित ताजा पानीमा पाईने माछ अर्थात जिउदो माछाको कारोबार गर्ने र यसको प्रयोगहाल गरिरहेको उपभोक्ताहरु सचेत रहन पर्ने देखाएको छ यदि तपाई मार्केटमा काम गर्नुहुन्छ र माछाको काम गर्नुहुन्छ भने निकै होसियार रहनुहोला यो रोगले वयस्क भन्दा वाल वच्चालाई बढिछिटो सताउछ। माछा खाएर ज्वरो आयो भने तुरुन्तै स्वास्थ्य संस्थामा गएर आफ्नो स्वास्थ्य जाँच गराउनुहोला यो रोगबाट हालसम्म ४० दिनमा ७ जनाको ज्यान गैसकेको छ।


Translate »