राम्रो काम गरेकोमा धन्यवाद नेपाल एयरलाईन्स (RA Hong Kong Team)


8F2F618C 4D79 49B7 A57E BAB34E13AEC6

नारायण भण्डारी हङकङ १८ जुन २०२४

नेपाल वायुसेवा निगम अर्थात नेपालको प्रतिनिधित्व गर्ने आफ्नै राष्ट्रिय ध्वजा बाहक जाहाज नेपाल एयरलाईन्स लाई अझै पनि RA भनेर नै संबोधन गरीन्छ जसले नेपालमा गणतन्त्र आएपनि राष्ट्रिय ध्वजावाहक जाहाजको नाम रोयल नेपाल एयरलाईन्सको नाम नै प्रचलित रहेको छ।

कुरो सुधारात्मक सेवाको हो र हङकङको आर ए टिम लाई राम्रो र सुधारात्मक काम गर्दैजान लागेकोमा म र मेरो टिमको तर्फबाट हार्दिक आभार व्याक्त गर्दछु सायद आज दोस्रो या तेस्रो पटक होला या मैले थाहै नपाएको भए अझ बढि पटक पनि होला आफ्नो नियमित उडान रद्द हुदा क्याथे प्यासिफिकमा यात्रुहरुलाई गन्तव्यमा पठाएर तपाईहरुले फेरी नेपालीको कुडिएको मनलाई केहि आसा दिलाउने काम अर्थात दियो जलाउने प्रयास गर्नलाग्नुभएकोमा धन्यवाद नदिईरहन सक्दिन।

हो सन २०२४ को जनवरी १ मा हङकङको चर्चित स्थान स्टारफेरी तपाईहरुको सेवा सुविधा र महङ्गो टिकटका कारण आर ए नचढ्ने र वहिस्कार गर्ने भनि आन्दोलन नै गरेको करिव ६ महिना पछाडि फेरी केहि राम्रो कामको थालनी गर्नुभएकोमा हार्दिक वधाई🌹

जसरी नेपाल बाहिर बस्दा नेपालको जतिबढि माया र महत्व हुन्छ त्यसरी नै हामीलाई आफ्नै देशको राष्ट्रिय ध्वजावाहक जहाज चढ्दा निकै आनन्द आउने गर्दछ यसको अनिस्चित उडान ढाडसेक्ने शुल्क र अनेक कुराले वाक्क भएका हङकङमा बस्ने नेपालीहरु नेपाल एयरलाईन्स बहिस्कार गरेका हुन। निस्चित छुट्टिलिएर नेपाल गयो नेपाल एयरलाईन्सको अनिस्चित उडानका कारण कतिपयको जागिर समेत गएको अनुभव हामी संगै रहेको छ तर अव यसरी नै व्यापारमा सहकार्य अर्थात आफुले नसक्दा अन्यसंग सहयोग लिने र अन्य एयरलाईन्समा यसरी नै सहकार्य गर्नाले तपाईहरुको व्यापार पनि फस्टाउने र ग्राहकको मन पनि जित्न सक्नुहुनेछ।

आगामी दिनमा पनि यसरी नै आफ्नो उडान रद्दहुदा अन्य एयरलाईन्सहरुमा सहकार्य गरेर यात्रुहरुलाई टिकट काटेकै दिनमा नेपाल पठाउने तथा गन्तव्यमा ल्याउने काम गर्नु हामी नियमित तपाईहरुको राम्रो कामको तारिफ अवस्य गर्नेछौ। हाम्रो नियमित अपडेटको लागि गुल्मेली अनलाईन टिभी एवं गुल्मी खवरको फेसवुक पेजलाई लाईक एवं फ्लो गरिरहनुहोला धन्यवाद।

 


Translate »