वुटवलमा गुल्मी रुपन्देहि समन्वय समितीको आयोजनामा बृहत रक्तदान (माओवादि केन्द्र)


E22235EC 28E6 4950 9074 7F0C092F34D6

भोजराज जि.सी. ४ बैशाख २०७९ बुटवल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गुल्मी रुपन्देही सम्पर्क समन्वय समितीको आयोजनामा सनिवार बुटवलमा रक्तदान गरिएको छ । रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उधेस्यले आयोजित कार्यक्रममा ५३ जनाले रक्त दान गरेको समितिका अध्यक्ष माधव भण्डारीले जानकारी दिए ।

कार्यक्रममा प्रदेश शभा सदस्य तथा पुर्ब मन्त्री सुदर्शन वरालले समितिले सामाजिक कार्यमा अगाडी रहेको भन्दै यस् प्रकारको कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए । उनले गुल्मी र रुपन्देहीको भावनात्मक सम्बन्ध बलियो बनाउदै राजनितीक स्तरमा पनि सबैलाई जोडदै जान आवश्यकता औंल्याए । समितिको अध्यक्ष भण्डारीले रक्तदानमा सहभागीलाई धन्यवाद दिदै रक्तदानको औचित्यमाथि चर्चा गरेका थिए ।

बुटवल रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ब्यापार ब्यावसाय, अध्ययन, रोजगारीको सिलसिलामा रुपन्देहीमा बसोबास गर्ने गुल्मेलिहरुको सहभागीता रहेको थियो । सम्पर्क समितिले शिक्षा, स्वास्थ्य, लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको छ भने बेरोजगार युवाहरुलाई रोजगारीमा जोडन पहल गर्दै आएको अध्यक्ष भण्डारीले बताए ।


Translate »