अंग्रेजी नयॅा वर्ष २०२३ मा गुल्मी समाज हङकङको पदयात्रा, बि बि क्यू साथै टोपी दिवस कार्यक्रम


B6A45CBC 68B0 4E75 8188 0DD18A7D3B48

नारायण भण्डारी हङकङ १३ डिसेम्बर २०२२

सन २०२३ को आगमन मा गुल्मी समाज हङकङले “स्वास्थ्यको लागि पैदल यात्रा” गर्ने भएको छ। हङकङमा बिबिध नेपाली चाड पर्व र अंग्रेजी पर्वलाई समेत मध्यनजर गर्दै बिभिन्न कार्यक्रमहरु गर्दै आएको यस समाजले  नेपालीहरुको दोस्रो माहान चाड तिहारलाई भव्यताका साथ सम्पन्न गरेको छ।

अंग्रेजी नयॅा वर्ष सन २०२३ लाई स्वागत गर्दै स्वास्थ्यको लागि पदयात्रा नाम दिईएको कार्यक्रममा हङकङको साम सेङमा बिहानको ८ बजे जम्मा भएर पद यात्रा सुरु गर्ने र पदयात्रा सकेर ताईतोङ कन्ट्रिपार्कमा आएर बि बि क्यू खानपानको व्यवस्था समेत गरेको छ।

अंग्रेजी नयॅा वर्ष अर्थात जनवरी १ लाई हामी नेपालीहरुले हाम्रो टोपी दिवसको रुपमा मनाउदै आएकोले सोहि दिन ताईतोङमा टोपी दिवस पनि मनाउने हुदा आफुसंग रहेको ढाका टोपी लगाएर सहभागी भै कार्यक्रमको शोभा बढाइदिनुहोला।  साथै पदयात्रामा जान नचाहाने र नसक्ने साथै फुर्सद नमिल्नेहरुले ताईतोङ कन्ट्रि पार्कमा जम्मा भएर बि बि क्यूको मज्जा भने पक्कै पनि लिन सक्नेछन।

नोट उक्त कार्यक्रममा हङकङमा रहेका गुल्मेली तथा गैर गुल्मेलीहरु सहभागी हुन सक्नुहुनेछ साथै यस कार्यक्रमको बारेमा कुनैपनि जानकारी चाहिएमा समाजका उपाध्यक्ष श्री सोम थापा ज्यूको मोवाईल नं 5112 4926 मा संपर्क गर्न सक्नुहुनेछ।


Translate »