गुल्मी समाज हङकङको देउसी भैलोमा घन्कियो नौमती बाजा


C3DCC162 1EC8 412B A50C 8B3544F365F6

नारायण भण्डारी हङकङ ०७ नोभेम्बर २०२२

गुल्मीबाट हङकङमा आई व्यापार, व्यवसाय, रोजगारी, शिक्षा लगायत बिभिन्न क्षेत्रमा काम गरीरहेका गुल्मेली हरुको छाता संगठन “गुल्मी समाज हङकङ” ले ०६ नोभेम्बरका दिन हङकङको जोर्डनमा रहेको ईण्डिया क्लवमा यो वर्षको देउसी भैलो कार्यक्रम निकै भव्यताका साथ सम्पन्न भएको छ।

समाजका अध्यक्ष श्री बाबुराम क्षेत्रीको सभापतित्वमा समाजका सचिब श्री थल श्रीसले संचालन गर्नुभएको कार्यक्रममा बागलुङ समाजका अध्यक्ष श्रीमती अम्रीता थापा, लाङ्घाली कल्याण समाजका अध्यक्ष श्रीमती निलम थापा, पाल्पा समाजका उपाध्यक्ष श्रीमती मञ्जु थापा लगायत समाजका पूर्व अध्यक्ष संस्थापक अध्यक्षहरुलाई अतिथीको आशन ग्रहण गराईको थियो । समाजका पूर्व अध्यक्ष नेत्र पहराईले स्वागत मन्तव्य राख्नुभएको थियो।

गुल्मी समाज हङकङको नौमती बाजा निकै आकर्षणको रुपमा हेरीन्छ। हरेक गुल्मेलीका कार्यक्रमहरुमा बजाईने यी नौमती बाजा बज्दा जो कोहिलाई पनि नेपालमै भएको आभाष हुन्छ। गुल्मी समाज हङकङले अहिलेको कार्यक्रम कोरोना सुरु भएपछिको पहिलो कार्यक्रम हो धेरै लामो समय पछि गरेको कार्यक्रममा उल्लेख्य गुल्मेलीहरु र गैर गुल्मेलीहरुको सहभागिता रहेको कार्यक्रममा छिमेकी जिल्लाका प्रतिनिधीहरुलाई पाहुनाको रुपमा निमन्त्रक्षणा भने गुल्मी समाज हङकङले बिगत देखीनै गर्दै आईरहेको छ।

गुल्मी समाज हङकङको देउसी भैलो कार्यक्रममा आकर्षणको रुपमा रहेको पञ्चेबाजा, सालैजो, देउसी भैलो र लोकदोहोरी लगायतका कार्यक्रमहरु प्राय गुल्मेलीहरुको रोजाईमा पर्ने गर्दछन। यसपालीको कार्यक्रममा समाजका बिभिन्न तह र तप्कामा रहेका व्याक्तिहरुले आ-आफ्नो गच्छे अनुसारको रकम स्पोन्सर गरेका थिए भने टिकट काटेकाहरुमध्येबाट लक्कि ड्र मार्फत ३ जनालाई पहिलो दोस्रो र तेस्रोको रुपमा गोलापर्था द्वारा पुरस्कृत गरीएको थियो र उक्त नगद पुरस्कारको व्यवस्था समाजसेबी पूर्ण खड्काले गर्नुभएको थियो।

यसरीनै गुल्मी समाजको निकै चर्चित कार्यक्रमहरु मध्येमा पर्ने तिहारको देउसी भैलो, महिलाहरुको माहान चाड तिज र नेपाली नयॅा वर्ष विशेष रुपमा बाक्लो उपस्थितीको रुपमा मनाउदै आईरहेको गुल्मी समाज हङकङको आठौ अधिबेसनबाट बनेको नयॅा समितीको पहिलो कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकोमा नयॅा कार्य समितीलाई हार्दिक धन्यवाद।

सो कार्यक्रमका फोटोहरु र भिडियोहरुको लागि हाम्रो फेसबुक पेज गुल्मेली अनलाईन टिभी लाई लाईक गर्नुहोला साथै भिडियोहरुको लागि यो लिंकमा गएर च्यानललाई सब्सक्राईब गर्न नभुल्नुहोला धन्यबाद

 

 

 

 


Translate »