नारायण भण्डारी हङकङ ११ एप्रिल २०२४
गुल्मी समाज हङकङले सदाका जस्तै यो वर्षपनि आफ्नो नियमित कार्यक्रम नेपाली नयॅा वर्ष २०८१ साललाई स्वागत गर्दै यहि आउने १४ तारिखका दिन यूनलोङको ताईतोङ कन्ट्रिपार्कमा नयॅा वर्षको कार्यक्रम मनाउने भएको छ।
कोरोना का कारणले केहि वर्ष सरकारी मापदण्ड पालना गर्नुपर्ने भएकोले केहि वर्ष स्थगनमा रहेका कार्यक्रमहरु बिगतको वर्षबाट हङकङ सरकारले नियमहरु खुकुलो गराएसंगै नेपालीहरुले आ-आफ्ना चाड पर्वहरु फेरी धुमधामका साथ मनाउन थालिएको छ। भौगोलिक हिसावले सानो र संख्यात्मक रुपमा करिव २० देखी ३० हजार नेपालीहरु रहेको हङकङमा भने संघ संस्थाहरु वर्षादमा च्याउ उम्रेसरी उम्रीरहेका छन र यो क्रम जारी नै छ। झण्डै २५०+ संस्थाहरु रहेका छन। प्राय संघ संस्था सामाजीकरुपमा सक्रिय नरहेपनि पदलोलुपका कारणले गर्दा यस्ता संस्थाहरु खुल्ने र निस्क्रिय प्रायः रहने गरेका छन र एउटा व्याक्तिको बिभिन्न संघ संस्थामा आवद्ध रहने हुनाले पनी संस्थाहरु प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको कुरा जानकारहरु बताउछन।
सन २००३ बाट बिधिवत रुपमा स्थापना गरिएको गुल्मी समाज हङकङले भने आफ्ना नियमित कार्यक्रमहरुमा नेपाली नयॅा वर्ष, नेपाली महिलाहरुको माहानचाड तिज, दशै तथा तिहार पाटि आदि रहेका छन भने गुल्मी लगायत आसपासका जिल्लाहरुमा परेका प्राकृतीक बिपद तथा अन्य अप्ठ्यारा परिस्थितीहरुमा समेत गुल्मी समाज हङकङले राम्रो आर्थिक सहयोग पुर्याउदै आईरहेको छ।
कार्यक्रमका आकर्षणहरु
बि बि क्यू तथा अन्य खानाका परिकारहरु
नृत्य प्रतियोगिता
सम्मान कार्यक्रम
लक्कि ड्र अर्थात भाग्य चिठ्ठा
र
साथमा गुल्मेली नौमती बाजा
कार्यक्रम दिनको १२ः०० बजेबाट सुरु हुनेछ
सबैजना आउनुहोस संगै रमाउला नाचौला