नारायण भण्डारी हङकङ १७ अप्रिल २०२३
गुल्मी समाज हङकङले आफ्नो नियमित र निकै भव्यताका साथमा मनाउने गरेको कार्यक्रम मध्येको नेपाली नयॅावर्षको शुभकामना आदान प्रदान एव समाजमा उल्लेख्य योगदान पुर्याएका व्याक्तिहरु, हङकङमा रहेर विशेष उपलब्धि हासिल गर्ने गुल्मेलीहरूको नाममा हौसला बढाउने उधेश्यले उनिहरुको सम्मानमा खदा तथा सम्मान पत्रले सम्मान गरेको थियो।
नेपाली नयॅा वर्ष वि.सं. २०८० सालको शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्री वावुराम क्षेत्रीले गर्नु भएको थियो भने श्री मान बहादुर थापा जो रेसुंगा बहुमुखी क्यापसका सहायक प्रमुख प्रमुख अतिथीमा रहनुभएको थियो यसैगरी विशेष अतिथीमा मुकुन्दहरी ज्ञवाली र अतिथीहरुमा भु पु अध्यक्ष श्री नेत्र पहराई र श्री पाण्डु थापा, नैमती बजाका संयोजक श्री भाजविर गुरुङ, श्रीमती अमृता राना बाग्लुङ समाज हङकङकी अध्यक्ष,श्री पूर्ण दर्लामी अध्यक्ष पाल्पा श्रीनगर समाज हङकङका अध्यक्ष, श्री मिलन गुरुङ अध्यक्ष पर्वत मञ्च हङकङका अध्यक्ष, श्री ईश्वर गुरुङ स्याङ्जा जनसेवा समाज हङकङका अध्यक्ष, श्री हेमराज थापा अध्यक्ष मगर संघ हङकङका अध्यक्ष, श्रीमती यूगमाया राना निवर्तमान अध्यक्ष मगर संघ हङकङ, र समाजसेवि श्री पुरन खड्कालाई अतिथीको आसन ग्रहण गराईएको कार्यक्रमको संचालन भने समाजका सचिव श्री थल बाहादुर श्रीसले गर्नुभएको थियो।
समाजले बिभिन्न तह र तप्कामारहेर हङकङमा बिशेष उपल्धी हासिल गर्ने तथा योगदान दिने निम्न व्याक्तित्वहरुलाई खदा र सम्मान पत्रले सम्मान गर्दै अझै अगाडि बढ्न हौसला प्रदान गरेको थियो जसमा निम्न बिधाहरु रहेका थिए,
– उत्कृष्ट बिद्यार्थी Primary, Secondary, University
– उत्कृष्ट ब्यापारी
– उत्कृष्ट खेलाडी
– उत्कृष्ट समाजसेवी
– हङकङमा काम गरिरहेका डाक्टर, इन्जिनियर, नर्स र अन्य अधिकारीहरू
– अन्य कुनै पनि क्षेत्रमा उत्कृष्ट योगदान दिने व्याक्तिहरु लाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा
समाजसेवि – श्री कुल बहादुर बुढाथोकी र श्री पुरन खड्का
गुल्मेली नौमती बाजा हङकङ
व्यवसायी एवं समाजसेवी श्री जगन्नाथ ज्ञवाली
व्यवसायी एवं समाजसेवी श्री त्रीलोक विश्वकर्मा
गुल्मेली अनलाईन टिभीका संस्थापक एवं पत्रकार श्री नारायण भण्डारी “आर्यन”
सिभिल ईञ्जिनियर , अशोक थापा SM
सिभिल ईञ्जिनियर, थल बहादुर श्रीस
ईन्सुरेन्स मेनेजर – विशाल थापा
शिक्षा तथा खेलकुद तर्फ
कुशुम गुरुङ
संजिला गुरुङ
सोनिया गुरुङ
विश्व थापा
दिक्षान्त ज्ञवाली
स्विकृती ज्ञवाली
समृद्धि ज्ञवाली
आदिलाई सम्मान गरीएको थियो भने साथमा हङकङमा निकै लोकप्रिय बि बि क्यू, सेलरोटी, र पुलाउको साथमा बिबिध खानाका परिकारहरु रहेका थिए भने गुल्मेली नौमतीबाजाले पनि आफ्नो प्रस्तुती जोडतोडका साथमा प्रस्तुत गरेर नाच्नै नजान्नेलाई पनि नाचुनाचु गराएको थियो बिहानको ११ बजेबाट सुरु भएको कार्यक्रम राती ९ बज्दा पनि सकिएको थिएन भने कार्यक्रममा जानको लागि जोर्डनबाट स-शुल्क र आउनको लागि ताईतोङबाट निशुल्क रुपमा बस सेवा उपलव्ध थियो आउने वसको प्रायोजन व्यापारी एवं समाजसेवी द्वय श्री धन राना हाग्लुङ बाराकोट हाल हङकङमा पाथीभरा स्टोर्स संचालक र श्री शेर बहादुर गलामी गुल्मेली स्टोरका संचालकले गर्नुभएको थियो। यसैगरी पानीको प्रायोजन यज कुमारी पुनले आफ्ना दिवंगत बाब आमाको नामममा गर्नुभएको थियो भने अचारको प्रायोजन ललिता श्रिसले गर्नुभएको थियो।
कार्यक्रममा खिचेका फोटोहरुको लागी गुल्मेली अनलाईन टिभीको फेसबुक पेज ः- https://www.facebook.com/Gulmeli2020?mibextid=LQQJ4d
र भिडियो हरुको लागि गुल्मेली अनलाईन टिभीको यूट्युब च्यानल
ः- https://youtube.com/@gotv2581
तथा मिन ट्यूव एच के को च्यानलमाः- https://youtube.com/@mintubehk2466 हेर्न सक्नुहुनेछ ।