नारायण भण्डारी हङकङ १६ एप्रिल २०२४
गुल्मी समाज हङकङले आफ्ना नियमित कार्यक्रम अन्तर्गतको नेपाली नयॅा वर्ष २०८१ सालको उपलक्ष्यमा आयोजना गरीएको शुभकामना आदान प्रदान साथै हङकङमा अध्यनरत वालवालिकाहरुमध्येवाट कुनैपनि कक्षामा उत्कृष्ट अंक ल्याउने साथै समाजलाई योगदान दिने व्याक्तिहरुलाई सम्मान गर्दै १४ एप्रिल २०२४ अर्थात २ बैशाख २०८१ का दिन हङकङको ताईतोङ कन्ट्रिपार्कमा कार्यक्रम सम्पन्न गरेको छ।
समाजका सचिव थल श्रीसले सन्चालन गरेको कार्यक्रममा सभापतित्व समाजता अध्यक्ष बाबुराम क्षेत्रीले गरेका थिए भने प्रमुख अतिथीमा मेजर मोहन बाहादुर पुन र बुटबल सेरोफेरो समाजका अध्यक्ष सुनिल थापा रहेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य समाजकै पूर्ब अध्यक्ष नेत्र पहराईले राखेका थिए। कार्यक्रममा जानको लागि जोर्डनबाट स-सुल्क बसको व्यवस्था गरिएको थियो भने कार्यक्रममा बिभिन्न तिसिमका तयारी खानाका परिकार एवं बि बि क्यूका परिकारहरु समेत स-शुल्करुपमा व्यवस्था गरीएको थियो। कार्यक्रममा प्रमुख आकर्षणको रुपमा रहेको गुल्मेली पञ्चेवाजा पनि प्रस्तुत गरिएको थियो।
उकात कार्यक्रममा सम्मानित हुनेहरुमा शिक्षा क्षेत्रतर्फबाट
डा. दिव्या दर्शन गुरुङ – डाक्टर्स अफ एडुकेशन
Dr Divya Darshan Gurung – Doctor of Education
मोनिमा पुन – बि एड हनर्स एण्ड रजिष्टार्ड टिचर
Monima Pun – BEd Honours, Teacher
नुमा राना -बि एड एण्ड रजिस्टार्ड टिचर
Numa Rana – BEd, Teacher
महेश थापा – बि एस्सि आई टि
Mahesh Thapa – BSc IT
बिभा श्रीस – बि एस्सि हनर्स एण्ड रजिस्टार टिचर
Bibha Shris – BSc Honours, Teacher
र
बिध्या गुरुङ – फस्ट ईन फम फाईभ (सेकेण्डरी)
Bidha Gurung – First in Form 5 (Secondary School)
यसैगरी समाजलाई योगदान दिनेहरुमा
पितृका छन्तेल Pitrika Chhantel
नर्मया थापा Narmaya Thapa
शान्ति के सी Shanti KC
रोहित बलाल Rohit Balal
र
चन्द्र गुरुङ Chandra Gurung
रहेका थिए सम्मानित हुने सबैजनालाई हाम्रो तर्फबाट बधाई व्याक्त गर्दछौ साथै कार्यक्रमको अन्त्यमा भाग्य चिट्ठाबाट पनि क्रमस ५ जनालाई नगद प्रदान गरिएको थियो। कार्यक्रमको प्रतक्ष प्रसारण गुल्मी खवरले आफ्ने आधिकारिक फेसवुक पेजबाट गरेको थियो भने फोटाहरुपनि सोहि पेजमा आईसकेका छन।