नारायण भण्डारी हङकङ २० मार्च २०२२
हङकङ प्रमुख कार्यकारी क्यारी लामले शनिबार भनेकि छन कि मार्चको अन्त्यसम्ममा सबै हङकङका बासिन्दाहरूलाई एन्टि-एपिडेमिक आपूर्ति किटहरू वितरण गरिनेछ।
महामारी विरुद्धको उपाय सम्बन्धी दैनिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लामले हङकङ सरकारले मार्चको शुरुदेखि नै कोभिड-१९ को पोजिटिभ केसहरू बढी रहेका क्षेत्रका बासिन्दाहरूलाई लाखौं एन्टि-इपिडेमिक आपूर्ति किटहरू वितरण गरेको बताए। HKSAR सरकारको मामिला विभागले पनि ४ मिलियन र्यापिड एन्टिजेन टेस्ट (RAT) किट जनतालाई वितरण गरेको छ।
HKSAR सरकारले विभिन्न माध्यमबाट जनतालाई केन्द्र सरकारले सहयोग गरेको चिकित्सा सामग्री वितरण गरेको छ, जसमा एन्टि-इपिडेमिक परम्परागत चिनियाँ औषधीका लाखौं बक्सहरू समावेश छन्, लामले भनेकी छन।
HKSAR सरकारले एन्टि-एपिडेमिक आपूर्ति किटहरू शहरव्यापी वितरण गर्ने योजना गरिरहेको छ, जसमा RATs, मास्क र परम्परागत चिनियाँ औषधिहरू समावेश गरेर एकैसाथ बितरण गरिने भएको छ।
HKSAR सरकारको निजामती सेवाका सचिव प्याट्रिक निपले भने कि सरकारले शुक्रबारसम्म ११०० वृद्ध र अपाङ्गता भएका घरहरूमा सबै योग्य बासिन्दाहरूलाई खोपको पहिलो डोज पूरा गरेको छ।
हङकङ सरकारका खाद्य तथा स्वास्थ्य सचिव सोफिया चानले केन्द्र सरकार र मुख्य भूमिबाट आएका चिकित्सा टोलीप्रति आभार व्यक्त गर्दै हङकङ र मुख्य भूमिका स्वास्थ्यकर्मीहरूले राम्रोसँग सहयोग गरिरहेको बताइन।