हङकङ नेपाली माहासंघ द्वारा नेपाली नयॅा वर्षको उपलक्ष्यमा फेमीली प्याक बितरण


 

2225DE49 6BC7 4494 A550 0A840498C181
नारायण भण्डारी हङकङ ५ एप्रिल २०२२

हङकङमा रहेका नेपाली संघ संस्थाहरुको छाता संगठन “हङकङ नेपाली माहासंघ” ले नेपाली नयॅा वर्ष २०७९ सालको उपलक्षमा हङकङमा रहेका बिभिन्न संस्थाहरुले दिएको सामाग्रीहरु हङकङ नेपाली माहासंघकी अध्यक्ष रिता गुङको अगुवाईमा समुदायलाई बितरण गरीएको हो।

एप्रिल ३ तारिकका दिन आईतवार दिउसोको ३ बजेबाट बितरण सुरुगर्ने भनिएतापनी नेपाली समुदायका व्याक्तिहरु समय अगाबै पुगेकाले केहि छिटो नै बितरण सुरु गरिएको थियो । एकपटकमा ५/५ जनाको दरले बितरण गरिएको सामान एक झोला रहेको थियो जसमा कोरोना चेक गर्ने किट खाद्यान्न, ठुला साना सबैको लागि फेस माक्स स्न्याक्स समेत रहेको थियो।

1FA7A6C7 136E 4959 84A6 9C381F8C3645

उक्त कार्यक्रममा हङकङ नेपाली माहासंघका भुतपूर्व अध्यक्ष समेत रहेका हेजेन राईले उक्त कार्यक्रमको वारेमा बोल्दै हङकङ नेपाली माहासंघले जहिले पनी नेपाली समुदायको बिचमा फरक फरक कार्यक्रम गर्दै नेपाली हरुलाई बिभिन्न सेवाहरु गर्दै आईरहेको सबालाई अवगत रहेको कुरा गर्नुभएको थियो भने नजिकिदै गरेको नेपालि नयॅा बिक्रम संवत २०७९ सालको हार्दिक शुभकामना समेत व्याक्त गर्नुभएको थियो।

 

नेपाली माहासंघले बितरण गरेको एण्टि ईपिडेमिक फेमीलि प्याक लिन मानिसहरु घन्टौ सम्म लाईन लागेका थिए भने भोलुन्टरको काम गर्न समेत बिभिन्न व्याक्तिहरु स्वतस्फुर्त रुपमा अग्रसर भएका थिए भने हङकङमा लामो समयदेखी शिक्षण पेशामा संलग्न गुरुआमा नामले सुपरिचित पुष्पा गुरुङ समेत लागि पर्नुभएको थियो।


Translate »