३५ बर्षे मिस्टर लि ले प्राप्त गरे हङकङको लक्कि ड्र को १०.८ मिलियनको फल्याट


BE620D31 AD1D 4D87 AEAA 44F233850BA3



नारायण भण्डारी हङकङ १६ सेप्टेम्वर २०२१
हङकङमा कोरोना बिरुद्दको दुबै डोज खोप लगाएका व्याक्तिहरुलाई संचालन गरिएको लक्कि ड्र को बिजेता हङकङ आईडि होल्डर Z710 नागरीक रहेको वताईएको छ

हङकङको कुन तोङ मा रहेको भव्य फ्लाट बिजेता हङकङका हुन। हङकङका बासिन्दाहरु को लागी राखीएको  भाग्यशाली व्याक्तिको लागी गरिएको लक्की ड्र पुरस्कार HK $ 10.8 मिलियन Kwun Tong मा फल्याट रहेको छ।

4EE9519A 39E5 4067 9927 741D0DB59625

चीन समूहको परोपकारी संस्था  एनजी तेङ फोङ च्यारिटेबल फाउन्डेसन लिमिटेड, र चाइनिज एस्टेट होल्डिङ लिमिटेड द्वारा प्रायोजित ड्र को विजेताहरुको बुधवार घोषणा गरियो।

विजेताको व्याक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताको हङकङ आईडी कार्ड नम्बर को पहिलो चारवटा नम्वर मात्र खुलाएको थियो, साथ साथै उनीहरुको फोन नम्बर को पनी अन्तिमका चारवटा अंक मात्र राखीएको थियो।

Kwun Tong मा ग्रान्ड सेन्ट्रल मा ४४-वर्ग फुट क्षेत्रफल रहेको फल्याट को विजेताको हङकङ आईडी कार्ड नम्वर Z710 बाट शुरू भएको बासिन्दा हुन र तिनको फोन नम्बर को अन्तिम चार अंक 0215 रहेको प्रस्ट पारीएको थियो।

लगभग २.५ मिलियन हङकङका बासिन्दाले मात्र उक्त फल्याटको लागि अर्थात लक्कि ड्रको लागी फारम भरेका थिए। 

हङकङ डलर एकलाख (१०००००) को मूल्यको साथ प्रीपेड र क्रेडिट कार्डहरु २० जना विजेताहरुलाई पनि प्रदान गरिएको छ, उक्त लक्कि ड्र मा हङकङमा रहेका घरेलु कामदारहरुपनी सहभागि हुनपाउने नियम लगाईएको थियो र उनीहरुपनी सहभागी भएका थिए।

 हङकङ डलर एकलाख विजेता हङकङमा घरेलु कामदारको रुपमा कामगर्दै आएका एकजना डोमेस्टिक हेल्परले जितेका छन उनको हङकङ आईडि कार्ड नम्वर WX 111 बाट सुरु भएको छ। हङकङ सरकारले सन २ जनवरी  २००० देखि हङकङमा घरेलु कामदारको रुपमा कामगर्ने कामदारलाई प्रदान गरिने हङकङ आईडी कार्डको संकेत WX बाट राख्न सुरु गरेको तथ्यांक प्राप्त भएको छ। कम्प्युटर प्रणालिबाट घोषणा गरिएको उक्त बिजेताहरुको घोषणा गरिएको थियो।
हङकङमा रहेका सबै नागरिकहरुले कोभिड बिरुद्दको खोप लगाउन अभिप्रेरित गर्ने उधेश्यले यदि हङकङमा कोरोनाको दुबै डोज खोप लगाउने व्याक्तिहरुको संख्या ५.४ मिलियन नाघेमा पुन: अर्को हङकङ डलर १२ मिलियनको फ्याट पनी दोस्रो राउण्डको उपहारमा राखुनुको साथै फेरी पनी २० जनालाई सपिङ गर्न मिल्ने २ लाख डलर राशिको पुरस्कार थप्ने कुरा आयोजकहरुले जानकारी गराएका छन। 



Translate »