हङकङमा कोरोना को संक्रमणदर तीव्र गतिमा आज १३२५ पुगे र ८०० प्रारम्भिक केस


FA2966F8 A939 4D44 8672 332B43671C91

नारायण भण्डारी हङकङ ११ फेब्रुवरी २०२२

स्रोतहरूले बताए अनुसार आज हङकङमा १३०० भन्दा बढी नयाँ पुष्टि भएका घटनाहरू र लगभग ८०० प्रारम्भिक घटनाहरू रिपोर्ट गरिएको छ। हिजो ९८६ नयाँ पुष्टि भएका कोभिड-१९ घटनाहरू थिए र हिजो ८०० भन्दा बढी प्रारम्भिक घटनाहरू रिपोर्ट गरिएको थियो।

कोभिड-१९ केसहरूको संख्या तीव्र रूपमा बढेको छ, र ठूलो संख्यामा नागरिकहरूलाई अनिवार्य परीक्षण गर्न सूचित गरिएको छ। धेरै परीक्षण केन्द्रहरू र नमूना स्टेशनहरू भीडभाड भएका छन र धेरै नागरिकहरू ३ घण्टा भन्दा बढी लाइनमा बस्नुपरेको गुनासो पनी गरेका छन।

चिकित्सा तथा स्वास्थ्य सेवाका लागि  व्यवस्थापिकाका सदस्य डेभिड लामले आज रेडियो कार्यक्रममा सरकारले नागरिकलाई घरमै बसेर परीक्षणका लागि पर्खन र सङ्क्रमणको जोखिम बढ्न नदिन सरकारले अनलाइनबाटै लाम टिकट पूर्व सङ्कलन प्रणाली स्थापना गर्नुपर्ने बताए ।

दुई हप्ताका लागि सामाजिक जमघटमा प्रतिबन्ध लगाउन तालाबन्दी वा कर्फ्यू जस्ता उपायहरू अपनाउने केही विज्ञहरूको सुझावको सन्दर्भमा, उनले भनेकाछन हङकङ सरकारले आपूर्ति र मेडिकल स्टाफको डेलिभरी जस्ता कुराहरुमा विचार गर्न आवश्यक छ। र नागरिकहरूले सबैकुराको जोहो गर्न समय चाहिन्छ। हङकङमा बसोबास गर्ने ठाउँ विदेशी देशको भन्दा सानो रहेको उनले कुरा समेत बताए। कोरोनाको हल्का लक्षण भएका बिरामीहरूलाई घरमा अलग्गै राख्नु उपयुक्त होइन त्यसबाट घरमा रहेगा अन्य स्वस्थ व्यक्तिलाई पनी सक्छ र उनिहरु बाहर किनमेल वा काममा क्या जादापनी यसबाट संक्रमितको दर ह्वात्तै बढ्न सक्छ।

हङकङमा कोरोनाभाईरस बाट संक्रमित हुनेहरुको संख्या दैनिक रुपमा बढिरहेकै छन। हुन त यॉंहाको सरकारले पनी नियम कानुन झनै कडा बनाउदै लगिरहेको छ। सर्जिकल माक्स नलगाएमा तिराउने ५०००$ बाट बढाएर १०,००० गरेको छ।

यॉंहाको खासगरी एम टी आर (रेल) सेवा, वस, फेरी लगायतका यातायातका साधनहरुमा र कोरोना टेष्ट गर्दनें केन्द्रहरु, हस्पिटल लगायतका ठाउहरुमा सामाजिक दुरी कायम नगरेसम्म संक्रमण रोकथाम गर्न निकाल कठिन पर्ने देखिएको छ।

हुनत स्वास्थ्य बिज्ञहरुले हङकङमा पुरै लकडाउन गर्ने सुझाव सरकारलाई पनी दिईरहेका छन तर संभव भने कमै देखिन्छ। प्रायस मानिसहरुको घरमा खाना नपकाउने हुनाले यो पुरा लकडाउन गर्न संभव पनि देखिदैन तर सरकारले कुनै बिकल्प अपनाएर पनि गर्न सक्छ।

आज कम्तिमा पनि १३२५ कोभिडबाट संक्रमित को संख्या हुनेछ भने ८०० जनामा प्रारंभिक केसहरु देखिने छ। त्यसैले अति आबस्यक बाहेक घरभित्रै बस्न र आफ्नो घरमा रहेका बिशेष अवस्था भएका नानीबाबु, बृद्धबृद्धा र दीर्घरोगीहरुको ख्याल राम्रोसंग गर्नु होला।


Translate »