६ जुलाई २०२३ हङकङ
हङकङवासीहरूलाई जुलाई १६ मा HK$२००० उपभोग भाउचर प्राप्त गर्न कुनै व्याक्तिलाई पनि अयोग्य ठहरिने छैन यदि उनीहरूले तीन दिन भित्र सरकारको योग्यता-जाँच एसएमएस सन्देशहरूको जवाफ दिन असफल भए पनि अयोग्य नठानीएपनि तिनीहरूले अन्तत जवाफ दिन भने आवश्य पर्नेछ।
सरकारले दोस्रो चरणको भाउचरको लागि आफ्नो योग्यता पुष्टि गर्न अझै पनि हङकङमा बसोबास गरेको छ कि छैन भनी पुष्टि गर्न दर्ता भएका व्यक्तिहरूको “सानो संख्या” लाई सन्देश पठाएको छ।
एक सरकारी प्रवक्ताले भने कि बासिन्दाहरूले पाठहरूको जवाफ नदिए पनि आफ्नो योग्यता गुमाउने छैनन्। तर भाउचर योजना प्रतिनिधिहरूले कल वा अर्को सन्देश पठाउनेछन् यदि मानिसहरूले पहिले पाठएको जवाफ दिएनन्, उनले भने। स्क्रिनिङ पूरा गर्नेहरूले समयमै कागजातहरू बुझाएमा वाउचर प्राप्त गर्न सक्नेछन, प्रवक्ताले भने।
यद्यपि, आवश्यक कागजातहरू पेश नगर्ने वा स्थायी रूपमा हङकङ छोडेकाहरू भने अवस्यपनि योग्य हुने छैनन।