हङकङमा कोभिडको संक्रमण भएका १२,००० भन्दा बढि संक्रमित अस्पतालको पर्खाईमा


E4B780F6 E237 435E A1E7 1D4D7CA248D6

नारायण भण्डारी १६ फेब्रुअरी २०२२

हङकङमा हल्पिटल स्रोतका अनुसार हिजो १५ तारिखको रिपोर्ट अनुसार  विभिन्न अस्पतालमा भर्ना हुनका लागि कुल १२ हजार बिरामी पर्खिरहेको कुरा समाचारमा जनाईएको छ।

हिजो मंगलवारका दिन १५ तारिखका दिन कुस संक्रमितको संख्या १६१९ जनामा देखिएतापनी प्रारंभिक चरणका संक्रमितहरुको संख्या ५ हजार ४ सय पुगेको थियो। हिजोको प्रारंभिक केशके आधारमा आजका संक्रमितको संख्या बाहिरिने गर्दछ।

हङकङ स्वास्थ्य विभागले हिजो सॅाझ Stay Home Safe एप्समा  जनाए अनुसार होम क्वारेन्टाईन भवनहरुको संख्यालाई अपडेट गरेको छ जसमा १,४८७ वटा भवनहरु परेका छन। जसमा ८४ वटा भवनहरु हङकङका धेरै जिल्लाहरुबाट समाबेस गरी तालिकामा थपिएका छन।

63C15848 6857 4178 9424 A4C8F4B12CB5

हिजोका अपडेट मध्ये कुन तोङ Kwun Tong र  युन लोङ Yuen Long मा क्रमशः १३ वटा  र १९ वटा घरहरू थपिएका थिए।यसै गरि मकाउ सरकारले घोषणा गरेअनुसार आगामी साताबाट हङकङ र ताईवानबाट मकाउमा प्रबेस गर्ने व्याक्तिहरुले अनिवार्यरुपमा कोभिड बिरुद्धलगाएको खोपको प्रमाणपत्र पेश गर्नुपर्नेछ यदि कुनै कारणले खोपलगाउन असमर्थ भएमा डाक्टरले बनाईदिएको प्रमाण पत्र पेश गर्नुपर्नेछ।

अहिलेको हङकङमा कोरोनाको रिपोर्ट अनुसार हङकङमा कोरोना संक्रमितको सॅंख्या निकै उच्चदरमा पुग्दैछ हस्पिटलमा बेडको अभाव भैसकेको छ त्यसैले कोहि कसैको घरमा नजाऔ बिनाकाम घरबाहिर ननिस्कौ नानिबाबु बृद्धबृद्धा र दीर्घरोगिको निकै ख्यागरौ हङकङमा ३ वर्ष र ४ वर्षका गरी २ जना बालबालिकाको कोरोनाको कारणले मृत्यु भैसकेको छ समयमै सचेत हौ।


Translate »