हङकङमा मृतकहरुको संख्या बढेपछि दैनिक रुपमा २०० वटा सम्म सवको अन्त्येष्टि गरिने


4B4E8156 4D6C 43DE 8514 6FCBACBFACEA

नारायण भण्डारी १० मार्च २०२२

हङकङमा दैनिक रुपमा कोभिडको कारण र स्वतः मृत्युहुनेको संख्या दैनिक रुपमा बढ्दै गएपछि हङकङको खाद्य र वातावरणीय स्वच्छता विभाग (FEHD) ले  यसका पाँचवटा साखाहरुले दाहसंस्कार र अन्त्येष्टि गरिने बिषयमा शोकमा परेका परिवारहरुलाई सहयोग गर्ने उद्देश्यले आफ्नो दाहसंस्कार गरिने समय र सेवा समय पहिलेको भन्दा ढिलो समय सम्म विस्तार गरेको छ।

परिवारका सदस्यको मृतकको मृत्यु भैसकेपछि  यथाशीघ्र मृत्युपछिको कार्यक्रम अर्थात दाहसंस्कारको व्यवस्था मिलाउन FEHD ले भोलि एक अनलाईन कार्यक्रमको आयोजना गर्ने र त्यससंग सम्बन्धित विभाग/संस्था र व्यापारीलाई कार्यप्रवाहलाई समग्र रूपमा सुव्यवस्थित गर्न र आवश्यक समयलाई छोटो छरितो रुपमा कसरी बनाउन सकिन्छ भन्ने विचार आदानप्रदान गर्न एउटा कार्यक्रम अनलाईन (वेवबिनार) मार्फत गर्नेछ।

FEHD का एक प्रवक्ताले भने, “अहिले गरिदै आएको दाहसंस्कार सेवाहरूको लागि बढि माग आएकोले FEHD ले पहिले दैनिक रुपमा दाहसंस्कार दैनिक रुपमा  १३० देखी १४० जनाको दाहसंस्कार गरिदै आएकोमा अबबाट दैनिक रुपमा १८० देखी २०० सम्म बढाएको छ, र पछि त्यसलाई पनी बढाएर आवस्यक्ता अनुसार दैनिक दाहसंस्कार सत्रहरू हालको २६० मा बढाएको छ २८० सबै शवदाह गृहहरूले  तर  सीमित संरक्षणका साथ चेउङ चाउ बाहेकका जनताका लागि थप सत्रहरू प्रस्ताव गर्नको लागि आफ्नो सेवा समय ढिलो घण्टासम्म विस्तार गरेका छन।अझै पनी त्यहाँ पर्याप्त दाहसंस्कार गर्न सकिने क्षमता उपलब्ध यसबाट हामी के भन्न सक्छौ भने यो नै दाहसंस्कारको लागी राम्रो उपाय हो।

यसबाहेकपनी धेरै सरकारी विभागहरू, सार्वजनिक संस्थाहरू र अन्त्येष्टि गरिने सामान बिक्रेता व्यापारीहरू मृत्युपछिको व्यवस्थाको व्यवस्थापनमा संलग्न छन। यसरी, प्रत्येक प्रहरको सहज सञ्चालनको लागि, FEHD ले समन्वय कार्यको नेतृत्व लिनेछ र आज दिउँसो अनलाईन गोष्टिको (वेबिनार) आयोजना गर्दैछ, सम्बन्धित विभाग/संस्था र व्यापारलाई उक्त गोष्टिमा सहभागी हुन अनुरोध गर्दै  कार्य प्रवाहलाई कसरी तर्कसंगत बनाउने भन्ने बारे स्पष्ट विचारहरू आदान प्रदान गर्नेछ।

गत हप्ता पनी FEHD ले अन्त्येष्टिको कार्यमा संलग्न हुने सबै पक्ष  र व्यापारीको साथ अनलाइन कार्यक्रममा कुराकानी  (वेबिनार) आयोजना गरेको थियो र सेन्टर फर हेल्थ प्रोटेक्शनलाई शवहरू ह्यान्डल गर्ने सावधानीका उपायहरूको बारेमा पुन: ताजा जानकारी प्रदान गर्न आमन्त्रित समेत गरिएको थियो।

यसबाट अब हङकङमा मृत्यु भएकासदस्यको परिवारले आफ्ना सदस्यको अन्त्येष्टिको लागि लामो समय कुर्न पर्ने बाट केहि मुक्ति मिल्नेछ र छिट्टै दाहसंस्कार गरेर काजक्रिया गक्न समेत सहज हुनेछ।यसरी मृत्यु पस्चात गरिने अन्त्येष्टि लम्विएर लामो समय सम्म पिडाबोध खपिरहनुपर्ने छैन। हङकङको कामकाजी जिवनमा केहि सहज भने पक्कै हुनेछ।


Translate »