प्रवासी नेपाली एकता समाज हङकङको जानकारी सभा सम्पन्न


IMG 4188

नारायण भण्डारी २२ डिसेम्वर २०२३ हङकङ

राष्ट्रिय प्रजातन्त्र पार्टिको भातृसंगठन प्रवासी नेपाली एकता समाजले आयोजना गरेको भेटघाट एवं अन्तरक्रिया कार्यक्रमको बारेमा आज साझ जोर्डनमा रहेको ए. जी. एक्सप्रेसको हलमा जानकारी सभाको आयोजना गरेको थियो।

IMG 4189

 

जानकारी सभामा बोल्दै कार्यक्रम संयोजक तुलसी उप्रेतीले हङकङमा बसोबास गर्ने संपूर्ण नेपाली आमा बुवा दाजुभाई एवं दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थित हुन आव्हान गर्नुभएको थियो भने समाजका अध्यक्ष ईश्वर विक्रम शाहले पनि नेपालबाट पाल्नुहुने राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष एवं वरिष्ठ उपाध्यक्षसॅंग अन्तरक्रिया गर्नकोलागि सबैलाई अनुरोध  गर्नुभएको थियो।

कार्यक्रम हङकङको याऊ मा तेईमा रहेको हेनरी जी ल्योङ्ग कम्यूनिटि हलमा ठिक दिनको १ बजे देखि ४ बजे सम्म हुनेकुरा जानकारी गराईएको छ। कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ।


Translate »