कोरोनाको माहामारीमा पनी म्याक्डोनल्डले गर्यो आफ्ना कर्मचारीको तलव बृद्दि


EC951E78 AF5E 49FF 8174 1CB5755D43C0

नारायण भण्डारी हङकङ २१ जनवरी २०२२

हङकङमा कोभिड-१९ महामारीको  पाचौ लहरको प्रभाव जारीनै  छ। McDonald’s Hong Kong ले (हिजो २० जनवरीमा) यसले यो वर्ष लगभग आफ्ना १०,००० कर्मचारीहरूलाई HK $ १,००० का दरले “एन्टि-एपिडेमिक लाभहरू” वितरण गर्नेछ यसरी बितरण गरिने रकम कुल करीव HK $ १० मिलियनहङकङ डलर हुनेछ।

म्याकडोनाल्ड रेस्टुरेन्टका सबै व्यवस्थापकहरूले यस महिना सुरुको तलबमा नै थप वृद्धि भएको रकम सहित प्राप्त गर्नेछन।

म्याकडोनाल्ड्स हङकङका प्रमुख कार्यकारी अधिकृत र्यान्डी लाइ ले भने कि छन म्याकडोनाल्डको एपमा हाल ३० लाखभन्दा बढी दर्ता भएका प्रयोगकर्ता छन र यो गत वर्ष हङकङमा सबैभन्दा धेरै डाउनलोड गरिएको रेष्टुरेन्टहरुको एप मा नम्वर १ मा रहेको छ। हाम्रो म्याक्डोनल्डको खानाको मेमुहरुमध्ये, “McSpicy Fried Chicken” खाना गत वर्ष निकै नै लोकप्रिय भएको थियो।

उक्त म्याकस्पाईसी फ्राई चिकेन गतवर्ष वर्ष कुल २८ लाख पिस बिक्री भएको थियो। तसैको सफलताको लागि पनी हामीले हामीसंग आबद्द रहेका प्रतेक कर्मचारीलाई HK$ १,००० को “एन्टी-महामारी लाभ” वितरण गर्ने निर्णय गरेका छौ। फ्रन्टलाइन प्रति घण्टा कामगर्ने कर्मचारीहरूको तलब तिनीहरूको कार्यसम्पादन र बजार अवस्था अनुसार समायोजन गरिनेछ। McDonald’s कर्मचारीहरूलाई पुरस्कृत गर्नु सकारात्मक कुरा हो र यसले आफ्नो कार्यस्थल संस्कृति निर्माण गर्न, र कर्मचारीहरूलाई समर्थन र काममा उत्साह र हौसला बढाउने काम गर्न आगामी वर्षहरुमा पनी कुनै न कुनै कार्ययोजनाहरु जारी राख्न चाहन्छौ।

हङकङमा बिभिन्न कम्पनीहरुले आफ्ना कर्मचारीहरुको तलव कट्टि गरिरहेको बेलामा म्याक्डोनल्डले आफ्ना कर्मचारीहरुलाई गरेको यो प्रोत्साहनले अबस्यपनी यो वर्ष म्याक्डोनल्डको व्यापारमा बृद्दिहुनेछ। किनभने जुन कम्पनीले आफ्ना कर्मचारीहरुलाई खुसी राखेर काम गराउछ अवस्यपनी ति कर्मचारीहरुले तन मन लगाएक कम्पनीको सागि काम गर्दछन।

“यस्तै दुखको बेलामा अन्य कम्पनीहरुले पनी आफ्ना कर्मचारीहरुको बारेमा केहि सकारात्मक सोचका साथ काम गर्ने की”


Translate »