हङकङ नेपाली महासंघको अध्यक्षमा पुनः रिता गुरुङ विजयी


inbound1142248593

नारायण भण्डारी हङकङ २८ नोभेम्बर २०२१

हङकङमा रहेका विभिन्न संघ सस्थाहरुको छाता संघठन हङकङ नेपाली माहासंघको११ औ महाअधिबेशन निर्वाचित प्रक्रियामा जाँदै,
अध्यक्ष टंक राना सागरमाथा स्पोर्ट्स क्लब हङकङ , रिता गुरुङ, नेपाल क्लब हङकङ , का दुइजना  हस्तिहरुको विचमा समन्वय हुन नसक्दा चुनावी प्रक्रियामा जानुपरेको थियो । उक्त चुनावी प्रक्रियाम बर्तमान अध्यक्ष टंक रानालाई पछि पार्दै भुतपर्व अध्यक्ष रिता गुरुङले विजयको माला पहिरिनु भएको छ ।

भने अन्य निम्न लिखित पदाधिकारीहरु भने  निर्वाचित हुनुभएको थियो जसमा
उपाध्यक्ष नविन सुहाङ , हङकङ झापा मञ्च निर्विरोध निर्वाचित
माहासचिव हेम राज थापा , मगर संघ हङकङ , विजयी
सचिब, संजोग राई धरान हङकङ मञ्च, विजयी
कोषाध्यक्ष , निल कुमार वाईबा , हङकङ तामाङ धेदुङ, निर्विरोध ।

निर्वाचित भैसक्नु भएको छ । नवनिर्वाचित संपूर्ण पदाधिकारीहरुलाई सफल र संझनलायक कार्यकाल बनोस कसैलाई कारवा कसैलाई पाखा गरेर हैन सबैलाई समेटेर लैजानसके संख्‍याको नाम जस्तै काम पनि पवित्र हुनेछ जय नेपाली माहासंघ जय नेपाल ।


Translate »