हङकङ साहित्यिक साझा श्रृंखलाको १२६ औ भाग पुस्तक लोकार्पण, श्रष्टा सम्मान, लक्ष्मी जयन्ती साथै देउसी भैलो एकैसाथ


नारायण भण्डारी २७ नोभेम्बर २०२३, हङकङ

हङकङ साहित्यक साझा शृङ्खलाको १२६ औं संस्करण छुट्टै रौनक र रमाईलोको साथमा सम्पन्न भएकोछ नेपालबाट आउनुभएका साहित्यकार एवं गितकार प्रकाश थाम्सुहाङको प्रमुख आथित्यता तथा श्रृंखलाका संयोजक रमण गुरुको सभापतित्वमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा संसाथाका संरक्षक दाजु गुरुङ,साहित्यकार नरजित राई,भुपेन्द्र चेम्जोङ्,देवेन्द्र खेरेस, नरेन्द्र गुरुङ,सुनिता गिरी,पुर्णिमा जी शाह,संगीतकर्मी गणेश पराजुली,गायिका मन्जु थापा, सिला घमाल ,निशा बस्नेत ,विष्णु मुखिया , आयुषी क्षेत्री,सीता थापालगायतका व्यक्तित्वहरुको विशेष आतिथ्यतापुर्ण उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन भने साहित्यकार रोशन याक्सोले गरेका थिए।

यसै महिना परेको नेपालीहरुको दोस्रो माहान चाड तिहारको देउसी भैलो र  लक्ष्मी जयन्ती लाई पनि समाविष्ट गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रकाश थाम्सुहाङको नवीनतम निबन्धसंग्रह “शब्दथुम“ को विमोचनसँगै ताम्रपत्रसहित स्रष्टा सम्मान गरिएको थियो। उक्त कृतीमाथी साहित्यकार देवेन्द्र खेरेसले समिक्षा गरेका थिए । स्व.महाकवि लक्ष्मी प्रसाद देवकोटाको तस्वीरमा माल्यार्पण गरी शुरु गरिएको कार्यक्रममा संस्थाकी पूर्व सह संयोजक पूर्णिमा जी शाहले स्वागत मन्तव्य राखे लगत्तै शृङ्खलाका सहसंयोजक अरुणा शर्माले स्वागत  नृत्य प्रस्तुत गरेकी थिइन। भने बिनम थापाले आफ्नो गायकी प्रस्तुत गरेकी थिईन।

उक्त कार्यक्रममा ४ वटा कृतीलाई हङकङमा लोकार्पण समेत गरीएको थियो जसमा प्रकाश थाम्सुहाङक निवन्ध संग्रह “शब्दथुम” नाम्लाहाङ राईको “खिम्वुले” वविता मादेनको “वास हराएपछि १९८६” मञ्जुल मितेरीको “कामी” र  मुक्तक संग्रह “आगमन” को सोहि कार्यक्रममा लोकार्पण गरीएको थिसो ।

यसपालीको श्रृंखलामा ३ जना जसमा नाम्लाहाङ सिम्वुले राई, यूनेश लिम्बु र सुवम गुरुङ जो हङकङमा जन्मेर हुर्कदै र यहि पढ्दै गरेका नेपाली बाबुहरुले आ-आफ्ना कविता वाचन गरेर कार्यक्रमलाई थप रोचक वनाएका थिए।

यसैगरी गायिका मञ्जु थापाले देउसी भट्याउनुकासाथै आफ्नो गायकी कला समेत प्रयोग गरेर उपस्थित सबैलाई नचाएकी थिईन ।
कार्यक्रमको मिडियाको रुपमा गुल्मेली अनलाइन टिभी र गुल्मी खवरका संचालक नारायण भण्डारी रहेका थिए।

भिडियोको लागि यो लिंक बाट जानुहोला 🙏


Translate »