नारायण भण्डारी हङकङ २७ अगस्ट २०२२
हङकङ प्रहरी र अध्यागमन कार्य बलले हिजो वान चाइ र कजवेमा रहेका अवैध वेश्यावृत्ति विरुद्धको अभियान सुरु गर्यो। कारबाहीका क्रममा प्रहरीले “वेश्या व्यवसाय सञ्चालन” र “वेश्यावृत्ति प्रतिष्ठान सञ्चालनमा सहयोग” गरेको अभियोगमा २ पुरुष र ४३ जना महिला जो २९ देखि ७१ वर्षका लाई पक्राउ गरेको छ भने १६ जनालाई महामारी रोकथाम नियम उल्लंघन गरेको अभियोगमा पक्राउ गरेको छ । संदिग्ध अपराधका लागि HK$१ लाख ७० हजार नगद जफत गरियो। व्यवसाय दर्ता प्रमाणपत्र, खाता, कण्डम, लुब्रिकेन्ट र मसाज तेल जस्ता प्रमाणहरू बरामद गरिएको थियो। कुल ९ वेश्यावृत्ति प्रतिष्ठानमा छापा मारिएको छ ।