नारायण भण्डारी हङकङ २६ डिसेम्वर २०२३
राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रवासी नेपासी एकता समाज हङकङको पहिलो अधिबेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा अधिवेशन तथा वृहत अन्तरक्रिया कार्यक्रम हङकङको याऊ मा तेईमा रहेको हेनरी जी. ल्योङ कम्यूनिटि हलमा हिजो २५ डिसेम्वर २०२३ का दिन राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरी ईश्वर विक्रम शाहको अध्यक्षतामा कार्यक्रमको संचालन मोती चाम्लिङले गरेका थिए।
यसैगरी नेपालबाट पाल्नुभएका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस अन्तर्राष्ट्रिय अध्यक्ष प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्य हिक्मतजंग कार्कीको विशेष आतिथ्यतामा भएको भेलाले ईश्वर बिक्रम शाहको अध्यक्षतामा सर्वसम्मत कार्य समिति, संरक्षक, संचार संयोजक तथा सल्लाहकार समिति गठन गरेको छ ।
समितिको अध्यक्ष ईश्वर बिक्रम शाह,
वरिष्ठ उपाध्यक्ष तुलसी उप्रेती,
उपाध्यक्षहरू जगत गुरुङ,
बिष्णु भुसाल,
बिनु थापा मगर
र उत्तम थाम्सुहाङ्ग रहेका छन।
त्यसैगरी महासचिव प्रिती मल्ल (महिला संयोजक),
सचिव प्रविन जंग कार्की (यूवा संयोजक),
कोषाध्यक्ष नरेन्द्र कार्की,
संचार संयोजक गुल्मी खवरका संस्थापक संपादक नारायण भण्डारी, सुचना प्रविधी संयोजक सागर थापा,
सदस्यहरू बबता सेन (स्याङ्जा),
पदम कुमार थापा (कास्की),
भविन्द्र खककाड (स्याङ्जा),
पुरन राइ (झापा),
अनिता सापकोटा (रूपन्देही),
नारायण चोङवाङ (झापा),
अमृत कुमार थापा (रूपन्देही),
उपेन्द्र पाण्डे संरक्षक
तथा सल्लाहकारहरू काल सिंह राई,
मन बहादुर गुरूङ,
लक्ष्मी खापुङ,
पुकार शाह,
मोति चाम्लिङ,
महेन्द्र थापा
र छत्र सुब्बा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । उक्त कार्यक्रमको अवधिभरमा कार्यक्रमको लाईभ एवं फोटोग्राफि गुल्मी खवर बाट गरीएको थियो। कार्यक्रमको अर्को आकर्षणको रुपमा २ वटा ग्रुपमा स-साना नानिहरुले नेपाली गितमा नृत्य प्रस्तुत गरेका थिए।
भिडियोको लागि हाम्रो फेसवुक पेज गुल्मी खवर तथा युट्यूवमा यो लिंकबाट हेर्न सक्नुहुनेछ