हङकङबाट नेपाल जान लगाईएको प्रतिबन्ध फुकुवा


7C83EBD8 82A8 400B 89DA 28DFF5E92549

नारायण भण्डारी हङकङ ३० डिसेम्वर २०२१

नेपाल सरकारले हचुवाको भरमा जुन निर्णय गरि हङकङलाई पनी तेस्रो लहरको कोरोना भाईरसको कारण देखाउदै यात्रा अनुमती दिएको थिएन त्यो निर्णय बदर भएको छ।

गत मंसिर १३ गतेदेखि हङकङ लगायतका विभिन्न ९ देशबाट नेपालमा प्रवेशको लागि प्रतिवन्ध लगाएको थियो जुन हङकङको लागि एकदमै असोभनिय र निराधार समेत रहेको थियो र नेपाल सरकारको आलोचना समेत सामाजिक संजालमा निकै भएको थियो।

करिव २ महिना भन्दा लामो समय देखि हङकङमा लोकल केस सुन्य रहिरहेको बेलामा नेपाल सरकारले हङकङलाई प्रतिवन्ध लगाएको थियो। जुन हचुवा निर्णय सच्याउन हङकङ स्थीत नेपाली महॉंवाणिज्य दुत श्री उदय वहादुर राना ज्यूले गर्नु भएको पहलका  सार्थक भएको छ यसको लागि हामी हङकङेली नेपालीहरुको तर्फबाट हार्दिक धन्यवाद टक्र्याउछौ।
अव हङकङवासी नेपालीलाई मातृभूमि फर्किन गरिएको वन्देज फुकुवा भएको छ।र आगामी उडानबाटै नेपाल दोहोरो यात्रा अनुमती खुलेको छ यश अघिसम्म एकोहोरो नेपालबाट मात्र हङकङमा प्रवेश गर्नपाउने नियम थियो।


Translate »