शाम सुई पो मा ७ मिलियन डलर बरावरको हिरोईन सहित २ जना पक्राउ


A284835B 1E2F 4ADD B02E 20086748CE8C

नारायण भण्डारी हङकङ २१ फेब्रुअरी २०२२

हङकङमा प्रहरीले हिजो २० तारिक साँझ करिब ६ बजे शाम शुई पोको १४०, ताइ नान स्ट्रिटमा रहेको एउटा भवनबाहिर एक संकास्पद व्यक्तिलाई रोके उनले प्रहरीलाई सहयोगको लागि फोन गरेका थिए र उनलाई सोधपुछ गर्यो र अधिकारीहरूले उक्त व्याक्तिले भनेअनुसार त्यस बिल्डिङको युनिटमा गएर छापामार्दा लगभग ५.५ किलोग्राम हेरोइन पनि बरामद गरे जसको बजार मूल्य लगभग ७ मिलियन हङकङ डलर परिणामको रहेको छ।

प्रारम्भिक अनुसन्धानपछि युनिटमा रहेका १९ वर्षीय पुरुष र २० वर्षीय पुरुषलाई लागुऔषध ओसारपसारमा संलग्न भएको आशंकामा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ । उक्त मुद्दा अनुगमनका लागि मोङकोक जिल्ला अपराध अनुसन्धान टोलीलाई बुझाइएको थियो ।

याद गरौ हामी प्रायस नेपालीहरु आफ्ना नानीबाबुहरुलाई कामगर्न राखेका सहयोगीहरुको भरमा मात्र छोड्दा र उनिहरुले नानीबाबुहरुको क्रियाकलापमा ध्यान नदिदा हाम्रा नानी बाबुहरुपनी कतै पैसाको प्रलोभनमा परेर लागुऔषध ओसार पसारमा संलग्न भएका त छैनन?

कहि कसैले छिटो पैसा कमाईन्छ बाबा आमासंग पैसा मागिरहनु पर्दान र उनिहरुले धेरै पैसा पनी दिदैनन जस्ता अनेक कुराहरुको प्रलोभनमा लागुऔषधको ओसार पसारमा संलग्न त भएका छैनन हेक्का रहोस र सबैले हेक्का राखौ सन्तान बिग्रेपछि सपार्न निकै गाह्रो पर्दछ जुन पहिलेनै हेक्का राख्दा ठाउमा ल्याउन सजिलो हुन्छ।


Translate »