प्रवासी नेपाली एकता समाजको प्रथम अधिवेशनमा रा प्र पा को शिर्शस्थ नेताहरु हङकङ आउने


IMG 4024

नारायण भण्डारी हङकङ १३ डिसेम्वर २०२३

राष्ट्रिय प्रजातन्त्र पार्टिको भातृ संगठन प्रवासी नेपाली एकता समाजको प्रथम अधिवेशनको मिती तथा कार्यक्रमहरु तय भएको छ। समाजका अधिवेशन संयोजक तुलसी उप्रेतीले दिएको जानकारी अनुसार यहि डिसेम्वर महिनाको २५ तारिखका दिन हङकङको याउ मा तेईमा रहेको हेनरी जी ल्योङ कम्युनिटि सेन्टरमा कार्यक्रम गर्ने र राष्ट्रिय प्रजातन्त्र पाटिका अध्यक्ष मा. राजेन्द्र लिङदेन प्रमुख अतिथी रहने कुराको जानकारी हामीलाई गराउनुभएको हो।

rpp 909

 

उक्त प्रथम अधिवेशनमा रा प्र पा नेपालका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको पनि सहभागिता रहने र तपाईहरुले दुवै नेताद्वय मिश्र र लिङ्देन संग अन्तरक्रिया गर्ने कार्यक्रम समेत तय गरेको कुरा जानकारी गराउनु भएको थियो।  उक्त कार्यक्रम २५ डिसेम्वर २०२३ का दिन दिनको १ बजेदेखि ४ बजेसम्म कार्यक्रमको समय निर्धारण गरीएको छ। उक्त कार्यक्रममा हङकङमा रहनुहुने संपूर्ण आमा- बुबा, दाजु भाई दिदी बहिनीहरु लगीयत शिक्षक, बिधीर्थी, पत्रकार, कलाकार लगायत संपूर्ण हङकङबासी नेपालीहरुलाई उपस्थितिकोलागि सादर अनुरोध गरीएको छ।


Translate »