नारायण भण्डारी हङकङ २९ अगष्ट २०२३
हरेक अंग्रेजी महिनाको अन्तिम आईतवारका दिन विगत ११ वर्ष देखि विशेषतः हङकङबासी नेपाली साहित्यिक सर्जकहरु एकै ठाउँमा भेला भई नेपाली साहित्य सम्बन्धि विचार–विमर्श, सृजना वाचन, अन्तर्क्रिया ,कृति विमोचन, समीक्षा तथा स्रष्टा सम्मान गर्दै आइरहेको हङकङ साहित्यिक साझा श्रृंखलाले निम्न मिति, समय र स्थानमा १२३ औं श्रृंखलासंगै “११ औं वार्षिक उत्सव–२०२३” को अवसरमा ‘शृङ्खला–६’ विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम गर्न गइरहेको हुँदा उक्त कार्यक्रममा उपस्थित भई सफल बनाइदिनु हुन हङकङबासी समस्त साहित्यकार, चित्रकार, साहित्यानुरागी महानुभाव, बुद्धिजिवी, समाजसेवी तथा पत्रकार महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं। यसरी सबै तह र तप्काका हङकङवासी नेपालीलाई अव्हान गर्दै गत आईतवार २७ अगष्ट २०२३ का दिन जोर्डनमा रहेको ब्लु ओसन रेष्टुरेन्टमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व श्रृंखलाका संयोजक रमण गुरुङले गर्नुभएको थियो भने विशेष अतिथीमा हङकङ नेपाली माहासंघकी अध्यक्ष रिता गुरुङ रहनुभएको थियो भने कार्यक्रमको संचालन पूर्व संयोजक, कवि एवं पत्रकार श्री टि वी याक्खाले गर्नुभएको थियो ।
यस पटक २०२३ – २०२५ को लागि पनि संस्थाको संयोजक र सह-संयोजकमा रमण गुरुङ र अरुणा शर्मालाई नै दोहोर्याईएको छ। उक्तदिन कार्यक्रममा
सम्मानित हुनेहरुमा
१. HK Nepal dot com का श्री जगत अम्बु गुरुङ – किसन राई स्मृती प्रतिभा पुरस्कार -२०२३ बाट सम्मानित भएका छन भने उनले सम्मान पत्र सहित हङकङ डलर १,१११ प्राप्त गरेका छन।
२. स्व किसन राई – नेपाली भाषा साहित्य, पत्रकारीता तथा समाज सेवा पुरस्कार २०२३ बाट सम्मान पत्र सहित हङकङ डलर १,१११ सहित स्व किसन कि श्रीमतिलाई प्रदान गरीएको थियो।
३. श्री देवराज राई- नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार वर्ष २०२१ – २०२३ वाट सम्मान पत्र सहित हङकङ डलर १,१११ प्रदान गरीएको थियो।
४. श्री नरजित राई कृत “मनका नदिहरु” स्रष्टा र सृजना पुरस्कार वर्ष २०२१ – २०२३ वाट सम्मानपत्र सहित हङकङ डलर १,१११ सहित सम्मानित भएका थिए।
५. श्री मोति चाम्लिङको कृती “प्रवास वुकि र वास्ना” लाई पनि सम्मान पत्र द्वारा सम्मान गरीएको थियो।
६. श्री तुलसी कुमार गुरुङको कृती “तुलसी” लाई पनि सम्मान पत्र द्वारा सम्मान गरीएको थियो।
७. स्व. ईमान बहादुर तमुको कृती “लाहुरे दाई” लाई पनि सम्मान पत्रद्वारा समामान गरीएको थियो।
८. श्री दिनेश सुव्वाको कृती “मेरो भाग्यमानी बाजा” लाई पनि सम्मान पत्र द्वारा सम्मान गरीएको थियो।
९. श्री विजय हितानको कृती “ लाहुरेको रेलीमाई” लाई पनि सम्मान पत्र द्वारा सम्मान गरीएको थियो।
१०. श्री नारायण भण्डारी गुल्मेली अनलाईन टिभी/ गुल्मी खवरका संस्थापकलाई पनि पत्रकारीता सम्मान पुरस्कार द्वारा पुरस्कृत गरीएको थियो।
सम्मानित हुनुहुने सबैजनालाई बधाई तथा उत्तरोत्तर प्रगतीको शुभकामना