हङकङ साहित्यिक साझा श्रृंखलाको १३०औ भाग हङकङको ग्रास आईलेण्डमा पदयात्रागर्दै वन्यो ऐतिहासिक


नारायण भण्डारी हङकङ १ एप्रिल २०२४

यसपालीको १३०औ भागमा हङकङ साहित्यिक साझा श्रृंखलाले पदयात्राको आयोजना गरेको थियो। हङकङको साईकुङबाट पानिजहाज चडेर करिव ३० मिनेटको जलयात्रापछि सुरुहुने ग्रास आईलेण्डको यात्रा भने निकै सहज रहेछ।

काउलुनको डाईमण्डहिल सम्म एम टि आर वा बसबाट आफै आफै गएर हामी डाईमण्डहिलमा जम्मा भयौ झण्डै ३ दर्जनमाथी हामी जम्मा भएका थियौ। हङकङका सुपरिचित पदयात्री भनौ वा हरेक डाडा काडा छिचोलेका कमल पौडेल र नरेन्द्र गुरुङको पथ प्रदर्सनमा हिडेका हामी त्यहावाट 96R नम्वरको वसमा प्रतेक जनाले झण्डै २२$ तिरेर यात्रा सुरुभयो र झण्डै १ घण्टा भन्दा बढिको वसको यात्रा तय गरेर हामी वङ सेक फेरी पायर (Wong Shek Ferry Pier) सम्मको यात्रा तयार गरेर हतार हतार हामी त्यहाबाट ग्रास आईलेण्ड जानलाई १६.५$ तिरेर पानी जहाजमा हाम्रो जलयात्रा सुरु भयो करिव ३० मिनेटको जलयात्रा पछि हामी ग्रास आईलेण्ड जाने रुटमा पुग्यौ। अचानकै पानिजहाजमा जानुका कम्वाङ लिम्वु र ईन्द्र रानाले यात्राकै क्रममा रचेको कविता सुनाएर जलयात्रालाई थप मनोरञ्जन थपेका थिए।

ग्रास आईलेण्को पदयात्राको झण्डै ३० मिनेटको यात्रा तय गरीसकेर हामीले लगेका खानाका परिकारहरु एकै ठाउमा जम्मा पारेर भेज र ननभेज जो जसलाई जे जे खान मनहुन्छ सोहि अनुसारको भोजन गरेपछि पुनः हाम्रो यात्राले ग्रास आईलेण्डको पिकसम्मको यात्रा पुरा गरी सोहि ठाउमै गित घन्काएर सुरुभएको नाचगान पुनः खाना खाएको मध्यविन्दु सम्म चल्यो।

सबैलाई रोचक र गौ प्रेमीहरुको लागि गौमाताको दर्शन र स्पर्सले म निकै हौसिएको थिए। साथमा अन्य सहभागिहरुलाई पनि मैले गौमाताको स्पर्स र अहिले चलेको काउ हगिङको वारेमा केहि जानकारी गएर र म निकै बेरसम्म गौमाताहरुसंग सेलरोटि र फलफुल खुवाउदै समय बिताउन थाले। मेरो १६ वर्षको हङकङ बसाईमा पहिलो पटक गौमाता संग त्यसरी नजिकिन पाएको हॅु त्यसैले पनि मलाई निकै आनन्द आयो।

सबैजना मिड पोईन्टमा जम्म भएर हामी नियमित कार्यक्रम रचनावाचनका संस्थाका संयोजक रमण गुरुङको सभापतित्व, दाजु गुरुङ, कमलपौडेल र कल्पना काफ्लेलाई अतिथीको आसन ग्रहण गराई नेपालबाट पठाएको यादको मुर्छनाको विमोचन र त्यमाथी टिप्पणी साहितेयकार देवेन्द्र खेरेसले गर्नुभएको थियो र लगत्तै रचना वाचन कार्यक्रन गर्यौ रचना वाचन गर्नेहरुमा ईन्द्र राना, विष्णु सम, पूर्णिमा जि शाह, जानुका कम्वाहाङ लिम्वु, कमल पौडेल, दाजु गुरुङ, डोम राना, कल्पना काफ्ले, नारायण भण्डारी र टि वि याक्खाले गर्नु भएको थियो।

र सबैलाई आस्चर्य पर्ने गरी उदघोस गरीएको कार्यक्रम जसले आजको पदयात्रामा रचेको उत्कृष्ट रचना छ त्यसैलाई पुरस्कृत गर्ने भन्ने उदघोषले सबैचना अचम्ममा पर्दै उत्साहित भएका थिए जसमा  जानुका कम्वाहाङ लिम्वु र ईन्द्र रानालाई नगद सहित खदा लगाएर सम्मान गरीएको थियो। त्यसपछि सुरु भएको नाचगानले पनि नाच्नै नजान्नेलाई पनि त्यो माहोलले नचाएको थियो।

करिव ४ः३० बजेतिर हामी घर फर्कनकोलागि वाटो लाग्यो र व्यालेन्स रकको अवलोकन गरी ६ बजेको अन्तिम फेरी अर्थात पानिजहाज हुदै एै एै तवरले हामी घरतर्फको यात्रा तय गर्यौ।

भिडियो हेर्नको लागि यो लिंकबाट जानुहोला 🙏


Translate »