हङकङ साहित्यिक साझा श्रृंखलाको १३४औ श्रृंखला आदिकवि भानुभक्त बिशेष


A7R07515

नारायण भण्डारी हङकङ २९ जुलाई २०२४

 

हिजो २८ जुलाईका दिन हङकङको याऊ मा तेईमा रहेको हिन्सको कार्यालयमा सम्पन्न भएको हङकङ साहित्यिक साझा श्रृंखलाको १३४औ भाग आदिकवि भानुभक्त आचार्यको २११औ जन्म जयन्तीको सन्दर्भ पारेर भानुभक्त सम्वन्धी जिवनी, कविता, रामायणका श्लोकहरु वाचन गरीएको थियो।

हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षता संरक्षक दाजु गुरुङ, टंक संवाहम्फे र निवर्तमान संयोजक सुनिता गिरीको प्रमुख आतित्थ्यतामा कवी रोशन याक्सोले कार्यक्रमको संचालन गरेका थिए।   कार्यक्रममा निवर्तमान सह-संयोजक दिपेन्द्र राईले स्वागत मन्तव्य साथमा भानुभक्तको जिवनीको बारेमा प्रकास पारेसंगै भानुभक्तको तस्विरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर कार्यक्रमलाई अगाडि बढाईएको थियो। रचना वाचन कार्यक्रममा संचारकर्मि एवं कवि नारायण भण्डारीले छन्द कविता सुनाए लगत्तै कवि डोम राना, ईन्द्र राना, सुनिता गिरी र रोशन याक्सोले भानु संवन्धी कविता वाचन गरेका थिए साथमा कवयित्री लिला निरौलाले भानु संम्वन्धी कविता र रामायणका श्लोकहरु सुनाउनुका साथै उपस्थित अन्य कविहरु टंक संवाहम्फे, कवि गितकार एवं कथाकार दाजु गुरुङ, गितकार एवं कवि जानुका कम्वाहाम लिम्वु लगायतले आ-आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए।कार्यक्रममा उपस्थित हुनेहरुमा ईन्द्र काजी गुरुङ, सिता गुरुङ, जानुका कम्वाहम लिम्वु, साथमा जानुकाकी बहिनी, दिपेन्द्र राई, गायिका बिन्नी लामा, बिष्नु मुखियाको उपस्थिती रहेको थियो।

कार्यक्रममा चित्रकार दिपेन्द्र राईले समाजसेवी, साहित्यकार एवं पत्रकार टंक सम्वाहम्फेको मुहार चित्र बनाएर हस्तान्त्रण गरेका थिए।

A7R07401

हरेक महिनाको अन्तिम आईतवार हङकङमा रहेर तपाईलाई पनि साहित्य संग वा गितसंगित संग रुचि छ भने तपाईहरुपनि हामी संगै जोडिएर आ-आफ्ना रचना वाचन गर्न वा सुन्न पनि मनपराउनुहुन्छ भने हङकङ साहित्यिक साझा श्रृंखला तपाईलाई हार्दिक स्वागत गर्दछ।

 


Translate »