हङकङ साहित्यिक साझा श्रृंखलाको १३५ औ भागमा नयॅा सह-संयोजकमा रोशन याक्सो


A7R07548

नारायण भण्डारी २५ अगष्ट २०२४ हङकङ

निरन्तर १२ वर्षदेखी हरेक अंग्रेजी महिनाको अन्तिम आईतवार हङकङमा रहेका साहित्यकार, पत्रकार, चित्रकार लगायत हङकङमा रहेर साहित्यलाई सुन्न र लेख्न मन पराउने सबै नेपालीहरुलाई आव्हान गरेर गरीने कार्यक्रममा अगष्ट महिनाको कार्यक्रमको रोचक प्रसंग हङकङ साहित्यिक साझा श्रृंखलाले यस वर्षदेखी नेपाली वाङमयको क्षेत्रमा योगदान पुर्याउदै आउनुभएका श्रष्टाहरुको लागि समान्न सहित रु ५५,५५५ राशिको पुरस्कार घोषणा गरेकोछ। यो पुरस्कार वितरण हङकङ साहित्यिक साझा श्रृङ्खलाले आफ्नै सक्रियतामा एक अक्षय कोष खडा गरी हरेक वर्ष नियमित रुपमा प्रदान गर्ने घोषणा गरेको छ।। यो नेपाली साहित्य क्षेत्रमा अनवरत लागिरहनु हुने स्रष्टाहरूको लागि एउटा सम्मान स्वरूप प्रदान गरिन लागेको शृंखलाको एउटा प्रयासको सुराखको रूपमा दिन सकिन्छ। भने अर्को हङकङ साहित्यिक साझा श्रृंखलाको सह-संयोजकमा अरुणा शर्माको ठाउमा कवि रोशन याक्सोलाई चयन गरिएको छ।

A7R07576

कार्यक्रममा नियमित रुपमा जस्तै श्रृंखलाका संयोजक रमण गुरुङको सभापतित्व, दाजु गुरुङ, बज्र कुमार राई र सुनिता गिरीको प्रमुख आतित्थ्यतामा नव सह- संयोजक रोशन याक्सोले कार्यक्रमको संचालन गरेका थिए।  स्रष्ठाहरुका सृजना वाचन कार्यक्रम निरन्तर रुपमा रहेको थियो भने कार्यक्रम लगत्तै बसेको बैठकले स्वईच्छाले रकम संकलन गरी अक्षयकोष खडा गरी पुरस्कारको घोषणा गरीएको थियो। रचना वाचन गर्नेहरुमा वालिका राई, डोम राना, पूर्णिमा जी शाह, नारायण भण्डारी, जुनु राना र बज्र कुमार राई रहेका थिए भने श्रृंखलाकी निवर्तमान संयोजक एवं कवि सुनिता गिरीले आफ्नी दिवंगत आमालाई संझेर रचना गरेको तिजको गितले रौनकता संगै भावुक पनि बनाएको थियो। कार्यक्रममा रमण गुरुङ् दाजु गुरुङ, सुनिता गिरी, बज्र कुमार राई, जुनु राना, वालिका राई, सिता गुरुङ, लिला निरौला, डोम राना, रोशन याक्सो, पूर्णिमा शाह, सुनिस्का याक्खा, टोप ब. याक्खा, र नारायण भण्डारीको उपस्थीत रहेका थिए। यदि तपाईहरुपनि हङकङमा रहनुहुन्छ र साहित्यमा रुचि राख्नुहुन्छ भने हरेक अंग्रेजी महिनाको अन्तिम आईतवार भेलाभएर आफ्ना सृजनाहरु सुनाउन सक्नुहुनेछ।


Translate »