२५ जुन २०२३ हङकङ
हङकङ साहित्यिक साझा श्रृंखलाको वर्ष ११ अंक १२१ मा हङकङ साझा श्रृंखलाकि निवर्तमान सह-संयोजक गिता अधिकारी जुन को गजल संग्रह “सुमेरु” हङकङमा लोकार्पण गरीएकोछ। नियमित कार्यक्रम रचना वाचन गरेसंगै हङकङ साहित्यिक साझा श्रृंखलाको तर्फबाट “सुमेरु” को लोकार्पण गरीएको हो।
आजको कार्यक्रम जोर्डन स्थित वृटिश गोर्खा रेष्टुरेन्ट एण्ड वारमा संचालन गरिएको १२१औ अंकमा पूर्व सह संयोजक पूर्णिमा जी शाहले सुमेरुबाटै आफुलाई मन परेको गजल वाचन गर्नुभएको थियो भने कवि ईन्द्र रानाले आफ्नो कविता, डोम रानाको कविता, प्रदिप कन्दङ्वाको कविता, नारायण भण्डारीको कविता, अरुणा शर्माको कविता वाचन गर्नुभएको थियो भने कवयत्री सुनिता गिरीले सुमेरुबाट गजल वाचन र कवि तथा आजको कार्यक्रम संचालक रोशन याक्सोले पनि सुमेरुबाटै गजल वाचन गर्नुभएको थियो र कार्यक्रमको समापन गर्दै श्रृंखलाका संयोजक एवं कार्यक्रमका सभाध्यक्ष कवि एवं चित्रकार रमण गुरुङले पनिनआफ्नो कविता वाचन गर्नुभएको थियो।
हङकङमा बिगत ११ वर्षदेखि निरन्तररुपमा हरेक महिनाको अन्तिम आईतवार संचालन गरिने कार्यक्रममा हङकङमा रहेका जो कोहिलाई पनि निशुल्करुपमा सहभागि भएर आफ्नो रचना, गित तथा चित्रकला समेत प्रस्तुत गर्न सक्नुहुनेछ।